सानिमा बैंकका ग्राहकहरुले सस्तो डिलमा सामान किन्दा विशेष छुट पाइने

  • Technology Khabar | ८ आश्विन २०७८, शुक्रबार
सानिमा बैंकका ग्राहकहरुले सस्तो डिलमा सामान किन्दा विशेष छुट पाइने

काठमाडौं ।

नेपालीहरुको महान चाड वडा दशैंको अवसरमा सानिमा बैंकका ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु ल्याउने क्रममा “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरेको छ।

अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम रु २,५००/– सम्म छुट प्राप्त गर्न सक्नेछन्।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “अगाडी आउनेलाई पहिलो सेवा” को आधारमा छुट प्रदान गरिने छ। यो योजना १० आश्विनदेखि १५ आश्विनसम्म लागू हुने बैंकले जनाएको छ।

प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार