डिजिटल भुक्तानी सेवा एक आपसमा इन्टरअपरेटेबल हुनुपर्ने: राष्ट्र बैंकका डेपुटी गर्भनर मिश्र

  • Technology Khabar | ८ आश्विन २०७८, शुक्रबार
डिजिटल भुक्तानी सेवा एक आपसमा इन्टरअपरेटेबल हुनुपर्ने: राष्ट्र बैंकका डेपुटी गर्भनर मिश्र

काठमाडौं ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रले सबै नेपालीले सुलभ र सुपथ मूल्यमा डिजिटल वित्तीय सेवा चलाउन सक्ने बनाउने बताएका छन्।

क्यान महासंघले आज आयोजना गरेको नलेज एक्सचेन्ज अन डिजिटल ट्रान्सफर्मेसन (Knowledge Exchange on Digital Transformation) नामक एकदिने कार्यक्रममा उनले कोभिड १९ पछि बृहत किसिमको डिजिटल कारोबारमा रुपान्तरण देखिएको बताएका छन्। उनले डिजिटल ट्रान्सफर्मेसनले अर्थतन्त्रको धेरै क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताए।

“एआई, बिएलटी लगायतले भ्यालु चेन र सेवा प्रदान गर्ने क्षेत्रमा धेरै सुधार गर्नुका साथै सेवाको स्तरमा समेत अभिवृद्धि गरेको छ,” उनले भने।

हाल डिजिटल वित्तीय सेवाका कारण घरमै बसेर एक क्लिकमा सेवा लिन सकिने अवस्था आएको भन्दै उनले सार्वजनिक क्षेत्रको विश्वास बढाउन डिजिटल भुक्तानीलाई एक आपसमा इन्टरअपरेटेबल हुने किसिमको बनाउनुपर्ने बताए।

क्यूआरमा आधारित डिजिटल कारोबारले गर्दा उच्च वृद्धि भएको भन्दै यसमा चुनौती समेत भएको बताए।

डेपुटी गर्भनर मिश्रले सबैको लागि डिजिटल कारोबार सूलभ र सूपथ बनाउन खोजेको बताए। उनले राष्ट्र बैंकले निरन्तर नयाँ किसिमका डिजिटल वित्तीय सेवा र पूर्वाधारहरुमा अनुसन्धान गरिरहेको भन्दै ग्राहकहरुको डाटा सुरक्षालाई समेत ध्यान दिईएको बताए।

कार्यक्रममा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले डिजिटल रुपान्तरण हरेक व्यवसायले स्वीकार गर्नु आवश्यक भएको र यसले उत्पादकत्व र मूल्यमा वृद्धि, सामाजिक क्षेत्रमा सुधार आउने बताए। उनले डिजिटल नेपाल कार्यक्रमले यसमा थप सहयोग पुर्याउने बताए।

क्यान महासंघले सूचना प्रबिधिको अन्तर्राष्ट्रिय संस्था एसोसिओ (ASOCIO) संगको सहकार्यमा सिँगापुर जापान अस्ट्रेलिया मलेशिया र नेपालका सूचना प्रबिधि बिज्ञ श्रोत व्यक्तिहरुद्वारा कार्यपत्र प्रस्तुत हुँदैछ।

प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार