
काठमाडौं ।
ट्विटरले एक क्लासएक्सन मुद्दाको विषयमा ८० करोड ९५ लाख डलर तिर्न सहमत भएको सोमबार बताएको छ।
सामाजिक सञ्जाललाई अमेरिकी सेक्यूरिटी कानूनको उल्लंघन गरी लगानीकर्ताहरुलाई यसको वृद्धिको संभावनाहरुको बारेमा भ्रामक बनाएको आरोप लागेको सीनेट डटकमले उल्लेख गरेको छ।
यो सहमती सन् २०१६ को एक मुद्दाबाट आएको हो जसमा ट्विटर र यसका अधिकारीहरुले नोभेम्बर २०१४ मा शेयरधनीहरुलाई कथितरुपमा प्रयोगकर्ता वृद्धिको बारेमा भ्रामक बनाएका थिए। सो जानकारीमा मासिक सक्रिय प्रयोगकर्ताहरुलाई “मध्यवर्ती” अवधिमा ५५ करोड र लामो समय सम्म एक अर्ब भन्दा बढि पुर्याउने आश्वासन दिए। “तर ट्विटरको प्रयोगकर्ता वृद्धि समान स्तरमा रह्यो, जसको कारण यसको शेयर मूल्यमा भारी गिरावट आयो,” दायर मुद्दामा उल्लेख छ।
मुद्दा सम्झौता, जसमा ट्विटरद्वारा कुनै गल्ती भएको स्वीकार शामिल छैन, हाल अदालतको अनुमोदनको अवस्थामा छ।
सन् २०१९ को अप्रिलसम्मको तथ्यांकअनुसार ट्विटरमा ३३ करोड सक्रिय प्रयोगकर्ताहरु रहेका छन् ।
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार