आईप्याडओएस १५ अपडेटमार्फत् आईप्याडमा एपका लागि र्यामको दायरा बढाइने

  • Technology Khabar | ४ आश्विन २०७८, सोमबार
आईप्याडओएस १५ अपडेटमार्फत् आईप्याडमा एपका लागि र्यामको दायरा बढाइने

काठमाडौं ।

एप्पलको आइप्याड प्रोमा तेस्रो पक्षका एपका लागि राखेको र्यामको दायरा बढाउने निर्णय गरेको छ।

आइप्याड प्रोलाई कम्पनीले ल्यापटपको सुहाउँदो विकल्पका रुपमा रहेको डिभाइस भन्दै विज्ञापन गरेको थियो।

तर कम्पनीले आईप्याडओएस १५ सहित अपडेट नल्याउन्जेल यो विज्ञापनमा प्रचार गरिए अनुसारको फिचर र सेवा यूजरहरुले अनुभव गर्न पाएका थिएनन्।

धेरै पावर लाग्ने काम गर्ने डिजाइनर तथा अन्य सिर्जनात्मक पेशेवरहरुले एम-१ चिपयुक्त आइप्याड प्रोमा ठूला र बढी र्याम उपयोग गर्ने खालका एप तथा सफ्टवयर भएकाले त्यसका लागि ५ जीबीको सीमा तोकिनुले यस्ता एपले सोचेजस्तो प्रदर्शन गर्न नसक्ने गुनासाहरु बाहिर आइरहेका थिए।

यसो गरेर एप्पलले जुनसुकै एप प्रयोग गर्दा पनि सिस्टमा राम्री चल्ने र सम्पूर्ण सिस्टमका लागि पर्याप्त मेमोरी बचाइराख्ने योजना बनाएको बुझिएको छ। तर अझै पनि यो दायरा असीमित भने छैन।

आईप्याडओएस १५ मार्फत् आइप्याडको मोडल हेरेर यो सीमाको दायरा बढ्ने भएको हो।

उदाहरणका लागि डेभलपरहरुले अब भने आफ्ना एपका लागि आईप्याड प्रोमा १२ जीबीसम्म र्यामको अपेक्षा गर्नसक्ने बुझिएको छ। ८ जीबी भेरियन्टका लागि भने र्यामको सीमा ६ जीबीसम्म लम्ब्याइएको छ।

अर्कोतिर, ५ जीबीभन्दा कम र्यामयुक्त आईप्याडमा भने र्यामकफ सीमा पहिलेजस्तै रहनेछ। उदाहरणका लागि नयाँ आईप्याड मिनी तथा अपग्रेड गरिएको भ्यानिला आईप्याडमा र्यामको सीमा क्रमश: ४ र ३ जीबी दिइएको छ।

प्रकाशित: ४ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार