
काठमाडौं ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अर्बपति जेफ बेजोससँगको प्रत्यक्ष भेटघाटमा कम्पनीको करको लगतबारेमा चुनाैती दिने बुझिएको छ।
आइतबार फाइनान्सियल टाइम्सले यस विषयमा समाचार रिपोर्टमार्फत् यो कुराको जानकारी दिएको हो।
बेलायती अधिकारीहरुलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले जोन्सन र बेजोसबीचको भेटको मुख्य एजेन्डा टेक जायन्टहरुका लागि तोकिएको अन्तरराष्ट्रिय कर्पोरेट करको दर रहने उल्लेख गरेको अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
प्रकाशित: ४ आश्विन २०७८, सोमबार