भारतमा भोडाफोन आइडियाको फाइभजी परीक्षणमा कीर्तिमान, ३.७ जीबीपीएसको स्पीड

  • Technology Khabar | ४ आश्विन २०७८, सोमबार
भारतमा भोडाफोन आइडियाको फाइभजी परीक्षणमा कीर्तिमान, ३.७ जीबीपीएसको स्पीड

काठमाडौं ।

ऋणमा डुबेको भारतीय टेलिकम अपरेटर कम्पनी भोडाफोन आइडियाले हालै गरेको फाइभजी परीक्षणमा ३.७ जीबीपीएस स्पीडको रेकर्ड बनाएको दावी गरेको छ।

यो आँकडालाई मान्ने हो भने भारतमा हालसम्म कुनै पनि टेलिकम कम्पनीले उपलब्ध गराएको स्पीडको तुलनामा सबैभन्दा द्रुत रहेको छ।

कम्पनीको फाइभजी नेटवर्कको यो स्पीड पुणेमा गरिएको परीक्षणका क्रममा देखिएको बताइएको छ।

यसअघि गत जुनमा जियोले फाइभजी परीक्षणका क्रममा १ जीबीपीएसको स्पीडको रेकर्ड बनाएको थियो। यस्तै एयरटेलले पनि यो रेकर्ड जुलाईमै बनाएको थियो।

डाउनलोड स्पीड १. जीबीपीएस

कम्पनीले परीक्षणका क्रममा १.५ जीबीपीएसको रेकर्ड बनाएको बनाएको दावी गरेको छ। गान्धीनगर तथा पुणेको मिड ब्यान्ड स्पेक्ट्रममा गरिएको परीक्षणका क्रममा यो स्पीड देखिएको बताइएको छ।

भोडाफोन आइडियालाई भारतीय टेलिकम्युनिकेशन डिपार्टमेन्टले २६ गिगाहर्जको हाई फ्रिक्वेन्सी ब्यान्ड दिएको छ। यसबाहेक फाइभजी परीक्षणका क्रममा ३०५ गिगाहर्जको ट्रेडिशनल स्पेक्ट्रम ब्यान्ड उपलब्ध गराइएको छ।

पुणेमा भोडाफोनले फाइभजी परीक्षणका लागि ल्याबको ‍सेटअप तयार गरेको छ। यो ल्याबमा पूर्ण रुपमा क्लाउड कोर नेटवर्क, नयाँ जेनेरेशन ट्रान्सपोर्ट तथा रेडियो एक्सेस नेटवर्कलगायतका फिचरहरु रहेका छन्।

भारतमा फाइभजी परीक्षण तथा यसबारे नयाँ रेकर्डहरु बाहिरिइरहँदा

नेपालमा भने फाइभजीको परीक्षणको काम अगाडि बढ्न सकेको छैन। परीक्षणका लागि अनुमति पाएको नेपाल टेलिकमले नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी उपलब्ध नगराएका कारण पहिले योजना गरिए अनुसार फाइभजीको काम अगाडि बढ्न नसकिरहेको आरोप लगाउँदै आएको छ।

प्रकाशित: ४ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • ४ आश्विन २०७८, सोमबार