जब चार वर्षअघि याहूको सीईओ पद छोडेकी मरिसालाई अमेरिकी सांसदहरुले पत्र काटे…

  • Technology Khabar | २१ भाद्र २०७८, सोमबार
जब चार वर्षअघि याहूको सीईओ पद छोडेकी मरिसालाई अमेरिकी सांसदहरुले पत्र काटे…

काठमाडौं ।

अमेरिकाको प्रतिनिधि सभाका ११ रिपब्लिकन सांसदहरुले गत जनवरी ६ मा ह्वाइटहाउसमा भएको दंगाफसादका बारेमा विभिन्न १३ प्रविधि कम्पनीका प्रमुखहरुलाई पत्र पठाएका छन्।

पत्रमा उक्त घटनासँग सम्बन्धित रेकर्डहरु मागिएको बारेमा उपलब्ध गराउन नसके कानुनी प्रक्रियामा जाने चेतावनी दिइएको छ।

तर उक्त पत्र काट्ने क्रममा एउटा चाखलाग्दो कुरा के भएको छ भने इन्ग्याजेटको माउ कम्पनी याहूका लागि लेखिएको पत्रमा सन् २०१७ मै सीईओ पदबाट बाहिरिइसकेकी मरिसा मायेरलाई सम्बोधन गरिएको छ।

सभासदहरुले लेखेका अन्य १२ ओटा पत्रमा भने यस्तो समस्या देखिएको छैन। ती पत्रहरु अमेजन, एओएल, एप्पल, एटीएन्डटी फेसबुक गुगल माइक्रोसफ्ट स्न्याप टी-मोबाइल, ट्विटर, यूएस सेलुलर तथा भेरिजोनलाई पठाइएको छ।

https://twitter.com/JanNWolfe/status/1434557334613864451

सन् २०१७ मै सीईओ पद छोडिसकेकी मरिसालई पत्र पठाउने सभासदहरुले रेडिट, टिकटक तथा टेलिग्रामजस्ता कम्पनीलाई भने स्पष्टीकरण सोधेको छैन।

यस हिसाबले हेर्दा ती सभासदहरु हाल चलिरहेको प्रवृत्ति र समयसँग अपडेटेड छैनन् कि भन्ने देखाउँछ।

अमेरिकी संसदका सभासदहरुको यो अज्ञानता वा गल्ती भविष्यमा  आफ्नै लागि प्रत्युत्पादक हुने वा त्यसले समस्याहरु निम्त्याउन सक्ने इन्ग्याजेटले लेखेको छ।

प्रकाशित: २१ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...