
काठमाडौं ।
अमेरिकी हार्डवेयर निर्माता कम्पनी हेभलेट प्याकार्ड इन्टरप्राइज कम्पनी (एचपीई) ले बुधवार अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीलाई उच्च प्रदर्शन कम्प्युटिङ्ग सिस्टम आपूर्ति गर्ने १० बर्षे ठेक्का हात पारेको बताएको छ।
सो ठेक्का २ अर्ब अमेरिकी डलरको भएको एचपीले जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ।
‘प्रणालीहरु आर्टिफिसियल इन्टेलिजेन्स कम्प्युटिङ्गको लागी प्रयोग गरिनेछ,’ कम्पनीले भन्यो। प्रणालीलाई क्यूटीएस रियल्टी ट्रस्ट इंकको स्वामित्वमा रहेको एक डाटा केन्द्रमा राखिनेछ।
सम्झौता अन्तर्गत, एचपीईले प्रणाली निर्माण र व्यवस्थापन गर्नेछ भने एनएसएले सेवा उपयोगको रूपमा प्रयोग गर्न रकम तिर्नेछ। एचपीईकाअनुसार एनएसएले सन् २०२२ मा सेवाको उपयोग गर्न शुरू हुनेछ।
एनएसए संयुक्त राज्य अमेरिकाको शीर्ष जासूस एजेन्सीहरु मध्ये एक हो, जसले विदेशी देशहरुको विरुद्ध जासुसी गर्दछ। यसका साथै एक घरेलु साइबर सुरक्षा शाखाको रेखदेख गर्दछ, जसले टेक्नोलोजी कम्पनीहरुसंग अनईन्क्रिप्टेड डाटाको उपयोग व्यवस्थाको लागी आलोचनाको सामना गर्नु परेको छ।
प्रकाशित: १७ भाद्र २०७८, बिहीबार