
काठमाडौं ।
फेसबुकले मंगलबारदेखि न्यूजफीडमा राजनीतिक सामग्री घटाउन शुरु गर्ने बताएको इन्ग्याजेटले उल्लेख गरेको छ।
इन्ग्याजेटका अनुसार यो निर्णय यसै वर्षको शुरुवातमा अमेरिका, क्यानडा, ब्राजिल तथा इन्डोनेसियामा गरिएको परीक्षणमा आधारित भएर लिईएको हो।
उक्त परीक्षणमा फेसबुकले न्यूजफीडमा रहेका राजनीतिक सामग्रीलाई सकेसम्म कम गराइएको थियो।
कम्पनीले यो नियम कोस्टारिका, स्विडेन, स्पेन र आयरल्यान्डमा पनि विस्तार गर्ने योजना बनाएको छ।
‘यी परिवर्तनहरु हाम्रो कम्युनिटीमा आएका सुझावका आधारमा आएका हुन्’, फेसबुकका एक प्रवक्ताले भने, ‘हामी निरन्तर रुपमा अनुसन्धान गरिरहेका हुन्छो र यूजरका सुझावका आधारमा फेसबुकलाई अझ राम्रो बनाउने कदमहरु चाल्छाैं। थुप्रै यूजरहरुले न्यूज फीडमा राजनीतिक सामग्री धेरै भएको गुनासा गरेकाले यो निर्णय गरिएको र यसले फेसबुकले यूजरका न्यूज फीडमा राजनीतिक सामग्री खोज्ने र अन्तरक्रिया गर्न अप्ठेरो नपर्ने हाम्रो बुझाइ छ।’
प्रकाशित: १६ भाद्र २०७८, बुधबार