लिमीमा मोबाइल टावर निर्माण गर्न हेलिकोप्टरबाट सामान ढुवानी

  • Technology Khabar | १६ भाद्र २०७८, बुधबार
लिमीमा मोबाइल टावर निर्माण गर्न हेलिकोप्टरबाट सामान ढुवानी

काठमाडौं ।

नेपाल टेलिकमको फोरजी टावर निर्माण गर्नका लागि हिमालपारिको गाउँ लिमीमा सामानहरु हेलिकोप्टरबाट ढुवानी गरिएको छ । सडक सुचारु नभएको कारण पैदल मार्गबाट सामान ढुवानी हुन नसक्ने भएको कारण महङ्गो हवाई ढुवानी गरेर सामान हेलिकोप्टरबाट ओसारिएको हो।

नाम्खा गाउँपालिका–६ का वडा अध्यक्ष पाल्जोर तामाङले निर्माण सम्झौता भएको पाँच वर्षपछि निर्माण हुन लागेको नेपाल टेलिकमको टावरका सामान हेलिकोप्टरबाट ढुवानी भएको बताए। हेलिकोप्टरबाट सामान ढुवानी भएसँगै अब टावर निर्माणको बाटो खुलेको छ।

उनले लिमीसम्म सडक निर्माण भएको भए पनि हाल सुचारु नभएको कारण भरियाले बोकेर लिन सम्भव नहुँदा महँगो हवाई ढुवानी गरेर हेलिकोप्टरमा उक्त सामान ओसार्नुपरेको बताए । लिमीको हल्जी गाउँको हेलिप्याडसम्म हेलिकोप्टरबाट सामान ढुवानी भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले दुई वटा हेलिकोप्टरबाट आठ वटा उडान भरेर सामान लिमी ओसारिएको बताए। उनले दुई दिन लगाएर हेलिकोप्टरमा सामान झुण्ड्याएर लगिएको बताए।

हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ लिमीमा नेपाल टेलिकमको फोरजी टावर निर्माणका लागि हेलिकोप्टरबाट सामान ढुवानी गरिएको छ। लिमीमा फोरजी टावर निर्माणका लागी हेलिकोप्टरबाट सामान ढुवानी गरिएको हो । टावर निर्माणका लागी सामान सहज ढुवानी गर्ने सकिने अवस्था नरहेका कारण बढी तौल भएका सामग्री हेलिकप्टर मार्फत ढुवानी गरिएको हो ।

टावरलाई आवश्यक पर्ने पावरका लागि सोलार सिस्टमका उपकरणहरु हेलिकोप्टर मार्फत ढुवानी गरिएको हो । टावर लिमीका तिल र हल्जि गाउँ नजिकमा पर्ने अरुला डाँडामा टावर निर्माण गर्न लागिएको हो । निर्माण कम्पनीबाट टावर निर्माण हुन लागेको हो भने हेलिकोप्टरको सामान ढुवानी खर्च निर्माण कम्पनी र गाउँपालिकाले तिर्नेछन् । हेलिकोप्टर चार्टर गरेर उडान भरिएको हो ।

सामान हेलिकोप्टरबाट ढुवानी भएपछि निर्माण कम्पनीबाट दुई जना प्राविधिक पनि लिमीतर्फ लागेका छन् । टावरको निर्माण पछि लिमीका तिन वटै गाउँ सञ्चार पहुँचमा जोडिने छन् । नाम्खाको लिमी भ्याली पर्यटकीय गन्तव्यका लागी जिल्लाकै उत्कृष्ट मानिँदै आएको छ । गोरखापत्रअनलाइन

प्रकाशित: १६ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार