रोलिङ बजार डटकमको आउटलेट संचालनमा

  • Technology Khabar | १४ भाद्र २०७८, सोमबार
रोलिङ बजार डटकमको आउटलेट संचालनमा

काठमाडौं ।

नेपाली उत्पादनहरूको अनलाइन सपिङ सेवा (रोलिङ बजार डटकम) सुरु गरेको रोलिङ बजारले कुपन्डोलको महादेवस्थानमा आफ्नो आउटलेट खोलेको छ।

‘नेपाली मन नेपाली उत्पादन’ भन्ने नारासहित सुरु भएको रोलिङ बजारको उक्त आउटलेटबाट ग्राहकहरूले विषादीरहित ताजा तरकारी, उपभोग्य वस्तुका साथै अरू स्वदेशी उत्पादनहरू प्राप्त गर्न सक्ने बताईएकोछ।

उक्त आउटलेटमा तरकारी, लोकल फलफूल, लोकल चामल, दाल, मसला, तेल, मकैको च्याँख्ला, सातुका साथै घरेलु महिला, अपांगता भएका र स्वदेश फिर्ती उद्यमीहरूद्वारा बनाएको कला र शिल्पका वस्तुहरू, लत्ता कपडा लगायत स्वदेशी उत्पादनहरू सुपथ मूल्यमा प्राप्त हुने कम्पनीले जनाएको छ ।

महिला, अपाङ्ग र विदेश गएर फर्किएका उद्यमीहरुद्वारा बनाईएको शिल्पका वस्तुहरु, लत्ता कपडाहरु अन्य थुप्रै स्वदेशी उत्पादनहरु खरिद गर्न सकिने र कम्पनीले डेलिभरी शुल्क नलिने बताएको छ।

“रोलिङ बजार एउटा यस्तो प्लेटफर्म हो, जहाँ नेपालमा बनेको, नेपालमा उत्पादन गरिएको र नेपाली उद्यमीहरूले बनाएको सम्पूर्ण खाद्यपदार्थ र अन्य सामानहरू पाउन सकिन्छ। बढ्दो टेक्नोलोजी र इन्टरनेटको सदुपयोग गरी हामी नेपालको विभिन्न प्रकारका अद्वितीय र स्थानीय उत्पादनहरू देशका विभिन्न ठाउँहरूमा अनि विदेशमा प्रदान गर्न कटिबद्ध छौँ,” कम्पनीले भनेको छ ।

सेवाग्राहीले रोलिङ बजारको वेभसाइटमा गएर अनलाइनमार्फत समेत आफुलाई आवश्यक पर्ने सामाग्रीको अर्डर गर्न सक्नेछन् ।

कम्पनीले कुनैपनि वस्तुको गुणस्तर जाँच नगरी वेबसाइटमा नराख्ने, २४ घण्टा सातै दिन सेवा दिने, अर्डर गरेको २ देखि ३ घण्टाभित्रै सामान डेलिभरी हुनेलगायतका सरल सुविधाका कारण दैनिक १ लाख रुपैयाँ बढिको कारोबार गरिरहेको जानकारी दिएको छ।

प्रकाशित: १४ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...