
काठमाडौं ।
भारतमा निर्माण मारुती सुजुकी स्विफ्ट एक यस्तो मोडेल हो जुन नेपालसहितका देशहरुमा पनि लोकप्रिय रहेको छ। अझ भारतमा वागनआरपछि सबैभन्दा धेरै बिक्री भएको गाडी हो।
तर जब यसको सुरक्षाको विषय आउँछ, त्यसबेला यसले केबल शुन्य (०) रेटिंग पाउँछ। यो मूल्याङ्कनले देखाउँछ कि कोहि परिवारसँग मारुती स्विफ्टमा यात्रा गर्दा कति सुरक्षित हुनेछ।
हालै ग्लोबल कार सेफ्टी एजेन्सी न्यू कार एसेस्मेन्ट प्रोग्राम (NCAP)द्वारा भारतमा सुजुकी स्विफ्टको दुर्घटना परीक्षण अर्थात क्र्याश टेस्ट गरिएको छ, जसमा स्विफ्ट कारलाई जीरो स्टार रेटिङ्ग प्राप्त भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
कारले वयस्क यात्रुको सुरक्षाको लागी केबल १५.५३ प्रतिशत मूल्याङ्कन प्राप्त गरेको छ, जबकि यसले बच्चा यात्रुको सुरक्षाको लागी शुन्य रेटिंग प्राप्त गरेको छ।
अर्कोतर्फ कारले पैदल यात्री सुरक्षाको लागी एक राम्रो ६६ प्रतिशतको स्कोर हासिल गरेको छ। एकैसाथ, सुरक्षा सहायता प्रणाली (सेक्युरिटी असिस्टेन्स सिस्टम ) को मामलामा केबल ७ प्रतिशत स्कोर प्राप्त भएको थियो।
स्मरणरहोस् कार क्र्याश टेस्टमा शुन्य स्कोरलाई सबैभन्दा कमजोर र तल्लो स्तरको मानिन्छ भने ५ स्कोर रेटिङ्गलाई उच्च स्तर मानिन्छ।
अझ उल्लेख्य के छ भने कार क्र्याश टेस्टमा मारुतीका केबल २ गाडीहरु मात्र टप १० मा परेका थिए।
शुन्य स्तरको रेटिङ्गको अर्थ कुनैपनि दूर्घटनामा सुरक्षा उपायहरु नहुनु हो । र यसमा मारुती स्वीफ्ट पनि कमजोर गाडीको रुपमा देखिएको छ ।
नेपाली बजारमा पनि मारुतीको यो गाडी निकै चल्तीमा छ र यसलाई चौधरी समूहको सिजी कर्पले बिक्री गर्दै आएको छ।
प्रकाशित: १३ भाद्र २०७८, आईतवार