
काठमाडौं ।
गत महिना अर्बपति जेफ बेजोससहितका यात्रु लिएर अन्तरिक्षमा गएर फर्केको न्यू शेफर्ड अन्तरिक्षयानले हालै मानवरहित परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ।
यो न्यू शेफर्डको १७ औं परीक्षण उडान हो।
६० फिट अग्लो यो रकेट ब्लू ओरिजिनको पश्चिमी टेक्ससमा रहेको सानो लन्च प्याडबाट गत बिहीबार प्रक्षेपण गरिएको थियो।
न्यू शेफर्डको मानवरहित सब-अर्बिटल परीक्षणमध्ये बिहीबारको उडान नासाका तर्फबाट ‘चन्द्रमामा अवतरण गर्ने प्रविधिको प्रदर्शन’ का रुपमा रहेको थियो।
ब्लू ओरिजिनले न्यू शेफर्ड रकेटमा सेन्सर तथा कम्प्युटर अल्गोरिदमहरु राख्ने गर्दछ जसमार्फत् कुनै बेला आवश्यक पर्दा चन्द्रयानलाई दिशा परिवर्तन गराउन पनि सकियोस् भन्ने कम्पनी उद्देश्य रहेको बुझिएको छ।
ब्लू ओरिजिनको सब अर्बिटल पर्यटन उडान ६० माइलभन्दा उचाइसम्म पुग्छ। यो क्षेत्रलाई बाहिरी अन्तरिक्षको शुरुवात सीमा मानिन्छ।
गत बिहीबारको उडान मानवरहित भए पनि ब्लू ओरिजिनले यसै वर्षक कम्तीम दुई ओटा यात्रसहितको उडान गर्ने योजना बनाएको छ।
बेजोसले भर्जिन ग्यालेक्टिकका रिचर्ड ब्रान्सनसँग प्रतिस्पर्धा गर्ने गरी न्यू शेफर्डलाई सब अर्बिटल अन्तरिक्ष पर्यटन व्यवसायका लागि प्रयोग गर्ने सोच बनाएका छन्।
प्रकाशित: १३ भाद्र २०७८, आईतवार