शाओमी बन्यो विश्वको ‘नम्बर वान’ फाइभजी एन्ड्रोइड स्मार्टफोन कम्पनी, सामसङको बिजोग

  • Technology Khabar | १२ भाद्र २०७८, शनिबार
शाओमी बन्यो विश्वको ‘नम्बर वान’ फाइभजी एन्ड्रोइड स्मार्टफोन कम्पनी, सामसङको बिजोग

काठमाडौं ।

चीनको लोकप्रिय स्मार्टफोन कम्पनी शाओमीले फेरी विश्वभर आफ्नो शक्ति देखाएको छ। नेपाली बजारमा नम्बर वान ब्राण्ड बन्न सफल भएको शाओमी अब नम्बर एक फाइभजी एन्ड्रोइड स्मार्टफोन ब्रान्ड बनेको छ।

स्टाटेजिक एनालिटिक्सले सार्वजनिक गरेको रिपोर्ट अनुसार, २०२१ को दोस्रो क्वार्टरमा शाओमीको बजार हिस्सा २५.७ प्रतिशतको आसपास थियो, जुन अन्य कम्पनीहरु मध्ये सबैभन्दा उच्च थियो । र यसैको कारण शाओमी विश्वको नम्बर एक ५जी एन्ड्रोइड स्मार्टफोन कम्पनी बनेको हो।

कसले कति ५जी स्मार्टफोन बेचे?
दोस्रो क्वार्टरको दौरान, कम्पनीले कुल २ करोड ४० लाख ५जी सक्षम स्मार्टफोन बजारमा पठाइसकेको छ, जसमा एमआई र रेडमीका स्मार्टफोनहरु छन्।

शाओमी पछि, चीनको भिभो दोस्रो नम्बरमा थियो, जसले १८.५ प्रतिशत को बजार हिस्सा ओगटेको थियो। यी बाहेक ओपोले तेस्रो नम्बर पायो।

दक्षिण कोरियाली ब्राण्ड सामसङले चौथो स्थान हासिल गर्यो, जसको बजार हिस्सा केबल १६.७ प्रतिशत छ। सोही अवधिमा रियलमी पाँचौं नम्बरमा रहेको थियो, रियलमीको बजार हिस्सा ५.९ प्रतिशत रहेको छ।

शाओमी यस प्रकार नम्बर १ बन्यो
शाओमीले आफ्ना ५जी स्मार्टफोनहरु सस्तो मूल्यमा बजारमा ल्याएको छ, जसको कारण यसले नम्बर एक स्थान हासिल गर्न मद्दत गरेको छ। यद्यपि केहि समय पहिले सम्म फाइभजी स्मार्टफोनको मामलामा सामसङ नम्बर एकको स्थितिमा थियो, तर अब शाओमीले पहिलो स्थान लिएसँगै सामसङको अवस्था खस्किँदै गएको छ । सामसङले सन् २०१९ को पहिलो त्रैमासिकमा विश्वको पहिलो ५जी स्मार्टफोन बजारमा ल्याएको थियो।

एशियामा भिभो नम्बर वान
शाओमी संसारको नम्बर एक फाइभजी स्मार्टफोन कम्पनी भएपनि एशियाली बजारमा भिभोको दबाब जारी छ। यस वर्षको दोस्रो त्रैमासिकमा भिभोको बजार हिस्सा २० प्रतिशतको आसपास थियो, जबकि शाओमीको बजार हिस्सा यस अवधिमा १९.३ प्रतिशत थियो।

यसको अर्थ एशियाली बजारमा भिभो र विश्व बजारमा शाओमीले ५जी स्मार्टफोन ब्राण्डमा आफ्नो छाप बनाएका छन्।

प्रकाशित: १२ भाद्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...