
काठमाडौं ।
मोडल रकेट निर्माता एस्टेसले ब्लू ओरिजिनको रकेट न्यू शेफर्डको १/६६ औं स्केल मोडल सार्वजनिक गर्ने भएको छ। यो सार्वजनिक भएपछि जोकोहीले आफ्नै अन्तरिक्ष यान ४०० फिटको उचाइसम्म उडाउन सक्नेछन्।
यसको आकार दुरुस्तै सक्कली न्यू शेफर्डको जस्तै भएकाले झट्ट हेर्दा लिंगजस्तै देखिन्छ।
अमेरिकी अर्बपति जेफ बेजोस अघिल्लो महिना समुद्र सतहबाट ६२ माइलमाथि अन्तरिक्षको अक्षमा पुगेका थिए भने उनीभन्दा केही दिन अघि अर्बपति रिचर्ड ब्रान्सनले ५३ माइलसम्मको उडान गरेर सकुशल पृथ्वीमा फर्केका थिए।
हाल ६९ डलरमा बिक्रीका लागि राखिएको स्केल मोडल रकेट उडाउनका लागि लन्चप्याडको पनि आवश्यकता पर्छ। यदि लन्चप्याड छैन भने पुरै स्टार्टर प्याक नै खरिद गर्न सकिनेछ। यसमा रकेट, लन्च प्याड, एउटा इलेक्ट्रोनिक लन्च कन्ट्रोल, एउटा इन्जिन प्याक तथा एउटा रिकभरी वाडिङ अर्थात् अवतर०का लागि नरम पदार्थले बनेको सामग्री समावेश हुन्छ।
एस्टेस वेबसाइटमा यसलाई राम्ररी प्रक्षेपण गर्न सी६-३ वा सी६-५ इन्जिन प्याक आवश्यक पर्ने उल्लेख छ।
यसको यूट्युबमा रहेको प्रोमोशनल भिडियोमा मोडल रकेट र जेफ बेजोससहितको न्यू शेफर्ड प्रक्षेपणको फुटेजहरु जोडेर आकर्षक बनाउन बनाउन खोजिएको छ।
प्रकाशित: ११ भाद्र २०७८, शुक्रबार