क्यूआर कोडमार्फत हुने कारोबार सङ्ख्या र रकममा उल्लेख्य वृद्धि

  • Technology Khabar | ११ भाद्र २०७८, शुक्रबार
क्यूआर कोडमार्फत हुने कारोबार सङ्ख्या र रकममा उल्लेख्य वृद्धि
सांकेतिक तस्बिर

काठमाडौं ।

नेपालमा असार मध्यदेखि श्रावण मध्यसम्मको एक महिनाको अवधिमा  क्यूआर कोडमार्फत ३ अर्ब ६५ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको वित्तीय प्रतिवेदनमा श्रावण मध्यसम्ममा क्यूआर कोडमार्फत भएको कारोबार संख्या ८ लाख ५५ हजार ५६६ रहेको तथ्याङ्क छ।

अघिल्लो महिना अर्थात् असार मध्यसम्ममा यो कारोबारको संख्या ५ लाख २ हजार ६६६ रहेको थियो। यसरी हेर्दा असार मध्यसम्ममाभन्दा श्रावण मध्सयम्मा क्यूआर कोडमार्फत् भएको जम्मा कारोबार संख्या ३ लाख ५२ हजार ९ सयले  बढी हो।

अघिल्लो महिनामा क्यूआर कोडमार्फत् १ अर्ब ९६ करोड ८० लाख रुपैयाँको कारोबार भएकामा श्रावण मध्यसम्ममा आउँदा यो रकम उल्लेख्य परिमाणमा बढेर ३ अर्ब ६५ करोड १० लाख रुपैयाँमा पुगेको हो ।

तुलनात्मक हिसाबले हेर्दा एक महिनामा क्यूआर कोडमार्फत् भएको कारोबार रकममा १ अर्ब ६८ करोड ३० लाख रुपैयाँले वृद्धि भएको छ।

यो प्रविधिमार्फत हुने कारोबार तथा रकममा वैशाखयता लगातार कमी आएकामा यो एक महिनाको अवधिमा भने उल्लेख्य वृद्धि भएको हो।

प्रकाशित: ११ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार