जब वेबसाइटको समस्या बारे बुझ्न भारतीय वित्त मन्त्रीले इन्फोसिसका सिईओलाई बोलाईन्…

  • Technology Khabar | ८ भाद्र २०७८, मंगलवार
जब वेबसाइटको समस्या बारे बुझ्न भारतीय वित्त मन्त्रीले इन्फोसिसका सिईओलाई बोलाईन्…

काठमाडौं ।

भारतको अनलाइन कर पोर्टलको बारेमा एक आईटी समस्या समाधान गरिएको इन्फोसिस लिमिटेडले जानकारी दिएको छ। विवादका बिच समस्या देखिएको करिब अढाई महिनापछि मात्र सो समस्या समाधान गरिएको हो।

भारतको आयकर नियामकद्वारा कथितरुपमा  http://www.incometax.gov.in/ वेबसाइटमा भएको समस्याको समाधान गर्न ढिला गरीएको बारेमा बयानका लागि बोलाइएपछि मात्र कम्पनीले समाधान गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सो समस्या समाधान गर्न कम्पनीलाई सेप्टेम्बर १५ सम्मको समय दिईएको छ।

अनलाइन कर पोर्टल, ITR e-filing portal 2.0 (ई-फाइलिंग पोर्टल २.०) लाई गएको जून महिनामा प्रयोगकर्ता अनुभव बृद्धि गर्ने र “करदाताहरु र अन्य हितधारकहरुको लागी आयकर सम्बन्धी सेवाहरुको लागी एक सहज पहुँच प्रदान गर्ने प्रयासको रूपमा शुरू गरीएको थियो।

जब पोर्टल लाइभ भयो त्यसमा भारतीय करदाताहरुले विभिन्न गल्तीहरु भेट्टाए जसको कारण पोर्टल स्वतः अफलाईन हुने गरेको थियो । त्यसपछि पोर्टललाई अढाई महिनाको लागी अफलाइनमा छोडिएको थियो।

आइतबार, भारतको वित्त मन्त्रालयको एक उप-विभाग आयकर भारतले ट्वीट गरेर वित्त मंत्री निर्मला सीतारमणले इन्फोसिसका सीईओ सलील पारेखलाई सुस्त मर्मत कार्यको बारेमा व्याख्या गर्न बोलाएको बारेमा बताएको थियो।

“वित्त मन्त्रालयले २३/८/२०११ मा इन्फोसिसका एमडी र सीईओ सलील पारेखलाई उपस्थित हुनका लागि र सम्माननीय एफएम (वित्त मन्त्री)लाई बुझाउनका लागि भनिएको छ। नयाँ ई-फाइलिंग पोर्टल सुरु भएको २.५ महिना बितिसक्दा पनि पोर्टलमा समस्या देखिएको छ। समाधान भएको छैन्, “आयकर भारतले एक ट्वीटमा लेखेको थियो।

सोशल मिडियामार्फत गरिएको कलआउटको एक दिनपछि, इन्फोसिसले गल्तीहरुलाई सच्याएको र पोर्टल अब लाइभ भएको बताएको छ।

इन्फोसिसले एक ट्वीटमा भन्यो, “इनकमट्याक्सइण्डिया (IncomeTaxIndia) पोर्टलको आपतकालीन मर्मत सकिएको छ र पोर्टल लाइभ छ।”

इन्फोसिसलाई २०१९ मा अर्को पुस्ताको आय कर दाखिला गर्ने प्रणालीको विकासको लागि ठेक्का दिइएको थियो। ठेक्का ४,४२२ करोड भारुमा दिइएको थियो। यसको उद्देश्य एउटा नयाँ पुस्ताको पोर्टल बनाउनु थियो जस अन्तर्गत आयकर रिटर्नको प्रशोधन अवधि ६३ दिनबाट एक दिनमा घटाउन सकियो, जसले कर फिर्ता पनि छिटो गर्न सकियोस्। जनवरी २०१९ देखि जून २०२१ सम्म भारतीय सरकारले इन्फोसिसलाई १६४.५ करोड रुपैयाँ तिरिसकेको छ।

प्रकाशित: ८ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार