नियामकको कडाइबीच चीनको ई-कमर्स जायन्ट जेडी डटकमले दोस्रो त्रैमासमा कीर्तिमानी सङ्ख्यामा नयाँ यूजर थप्यो

  • Technology Khabar | ८ भाद्र २०७८, मंगलवार
नियामकको कडाइबीच चीनको ई-कमर्स जायन्ट जेडी डटकमले दोस्रो त्रैमासमा कीर्तिमानी सङ्ख्यामा नयाँ यूजर थप्यो

काठमाडौं ।

चिनियाँ ई-कमर्स जायन्ट जेडी डटकम इंकले सोमबार आफ्ना लगानीकर्ताहरुलाई नियामक संस्थाको कडाइले आफ्नो व्यापारमा कुनै असर नपारेको बताएका छन्।

कम्पनीको वित्तीय विवरण अनुसार दोस्रो त्रैमासमा जेडी डटकमले विश्लेषकहरुको अपेक्षाभन्दा बढी प्रगति गरेको छ।

कम्पनीको हङकङमा सूचीकृत शेयरको मूल्य मंगलबार बिहान झण्डै १० प्रतिशतले बढेको थियो जसमार्फत् कम्पनीको बजार मूल्य १० अर्ब डलर पुगेको थियो।

यसको हाङ साङ इन्डेक्स १.७ प्रतिशत रहेको थियो।

चिनियाँ नियामकले प्रविधि क्षेत्रमा कडाइ गरेपछि ई-कमर्स, राइड हेलिङ तथा क्रिप्टोकरेन्सीजस्ता क्षेत्रको व्यापार उल्लेख्य बढ्ने क्रममा जेडी डटकमले पनि प्रगति गरेको हो।

गत वर्षदेखि नियामक संस्थाहरुले गोपनीयता, डाटा सुरक्षा तथा बजार प्रतिस्पर्धालाई सुधार गर्ने उद्देश्यले नयाँ नीति ल्याएर यसको उल्लंघन गर्नेलाई सजाय पनि दिँदै आएको छ।

‘हामीलाई विश्वास छ हालै इन्टरनेट जगतमा ल्याइएको नियामक नीतिहरु उद्योगको दीर्घकालीन तथा स्वस्थ विकासका लागि राम्रो कुरा हो’, जेडी रिटेलका सीईओ शु लेइले बताए।

उनले नियामक संस्थाको कडाइकै बीच यो त्रैमासमा कीर्तिमानी ३ करोड २० लाख नयाँ यूजर थपेको साथै आफ्नो लजिस्टिक तथा बजार विभागमा पनि वृद्धि भएको घोषणा गरेका हुन्।

प्रकाशित: ८ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार