
काठमाडौं ।
धेरै समयसम्म तन्किएको ह्वावेकि मुख्य वित्तीय अधिकारी मेङ्ग वान्झाउको अमेरिका प्रत्यर्पण मुद्दा बुधबार टुंगिएको छ।
ह्वावेका संस्थाफक रेन झेङ्गफेईकी छोरी मेङ्गलाई अमेरिकी आग्रहमा सन् २०१८ डिसेम्बरमा क्यानाडाको भ्यानकुभर एयरपोर्टबाट पक्राउ गरिएको थियो ।
ह्वावेका संस्थापककी छोरी मेङमाथि अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको उल्लङ्घन गरेको तथा इरानसँग व्यवसाय सञ्चालन गर्न बैंकहरुलाई गलत विवरण दिएको आरोप लागेको थियो ।
पछि क्यानाडाको अदालतले उनलाई दोहोरो अपराधीकरण (double criminality) मा मुद्दा चलाउन सकिने निर्णय गरेको थियो ।
वान्झाउले आफू विरुद्ध गैरकानुनी थुना, खानतलास र पुछताछ गरेको भन्दै क्यानाडा सरकार, यसको सीमा निकाय तथा राष्ट्रिय प्रहरी विरुद्ध मुद्दा दर्ता गरेकि थिइन् ।
वान्झाउका वकीलहरुले ब्रिटिस कोलम्बिया सर्वोच्च अदालतमा आफ्नो मौलिक हक सुरक्षित गरिपाऊँ भन्दै मुद्दा दर्ता गरेका थिए।
तर क्यानडामा मेङलाई पक्राउ गरिएको केही दिनमा चीनले थुप्रै क्यानडाली नागरिकलाई पक्राउ गरेकोमा चीन र क्यानडाको भूराजनीतिक नीहितार्थ राख्ने यो मुद्दाको अन्तिम फैसला आउन भने महिनो लाग्ने बुझिएको छ।
चीनले एक जना क्यानडाली नागरिकलाई त मृत्युदण्ड समेत दियो। यसै महिनाको शुरुतिर क्यानडाली नागरिक माइकल स्पाभरलाई जासुसीको आरोपमा ११ वर्षको जेल सजाय तोकिएको थियो।
यसबाहेक सन् २०१८ डिसेम्बरमा जासूसीको आरोपमा पक्राउ परेका क्याडाका पूर्व कूटनीतिज्ञ माइकल कोभ्रिगको सोधपूछको मितिका बारेमा कुनै जानकारी दिइएको छैन।
सम्बन्धित समाचार
ह्वावेकी प्रमुख वित्तीय अधिकारी मेङ्गलाई दोहोरो अपराधीकरणमा मुद्धा चलाउन सकिने निर्णय
ह्वावेकी प्रमुख वित्तीय अधिकारी मेङ्ग वानझाउलाई पठाएको चिठीमा गोली
ह्वावेकी मेङद्वारा क्यानाडाको सीमा निकाय विरुद्ध मुद्दा दर्ता, अमेरिका विरुद्ध पनि मुद्धा गर्दै
प्रकाशित: ८ भाद्र २०७८, मंगलवार