स्पोटिफाइले बजारबाट आफ्नै शेयर किन्ने, एक अर्ब डलर लगानी गर्ने

  • Technology Khabar | ५ भाद्र २०७८, शनिबार
स्पोटिफाइले बजारबाट आफ्नै शेयर किन्ने, एक अर्ब डलर लगानी गर्ने

काठमाडौं ।

म्यूजिक स्ट्रिमिङ्ग सेवा स्पोटिफाइले अहिलेदेखि अप्रिल २१, २०२२ को बिचमा आफ्नै शेयरहरुलाई पुनः खरीद गर्नको लागी १ अर्ब डलरसम्म खर्च गर्ने बताएको छ । यो डलर रकमले स्पोटिफाइको मार्केट क्यापको २.५ प्रतिशत भन्दा कम प्रतिनिधित्व गर्दछ। कम्पनीको बजार मूल्य हाल ४१.६ अर्ब डलर छ।

पब्लिक कम्पनीले आफ्नो शेयर पुन: खरिद गर्नको लागी केहि नगद उपयोग गरीरहनु केहि नयाँ कुरा होईन्। एप्पल, अल्फाबेट र माइक्रोसफ्ट सहित धेरै सार्वजनिक कम्पनीहरुसँग सक्रिय शेयर पुन: खरिद कार्यक्रम छन् ।

बजारमा परिपक्व वा लगभग परिपक्व भएका कम्पनीहरुले आफ्नो ब्यालेन्स शीटको एक अंश वा आफ्नो खुला नगद प्रवाहको एक नियमित प्रतिशत शेयर फिर्ता किन्नको लागी खर्च गर्नु सामान्य हो।

यस्तो प्रयासको लक्ष्य शेयरधनीहरुलाई नगद फिर्ता दिनु हो। यसका साथै, आफ्नै स्टक किनेर कम्पनीहरुले आफ्नो व्यक्तिगत शेयरको मूल्य बढाउन सक्नेछन्।

स्पोटिफाइ शेयरहरु पछिल्लो १२ महिना अधिकतम ३८७.४४ डलरमा उच्च कारोबार भएको छ, तर शुक्रबार २१५.८४ डलरमा रहेको छ ।

स्पोटिफाइले सन् २०२१ को पहिलो अर्धवार्षिकमा ४.५ अर्ब यूरो आम्दानी मध्ये केबल ३० लाख यूरो मात्र नाफा आर्जन गरेको थियो ।

प्रकाशित: ५ भाद्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार