ताजा समाचार

स्न्यापड्रागन ७७८ जी चिपसेटयुक्त नयाँ मोटोरोला एज अमेरिकामा सार्वजनिक

स्न्यापड्रागन ७७८ जी चिपसेटयुक्त नयाँ मोटोरोला एज अमेरिकामा सार्वजनिक
Global IME Bank

मोटोरोलाले आफ्नो नयाँ मोटोरोला एज स्न्यापड्रागन ७७८ चिपसेट र १४४ हर्ज रिफ्रेश रेटको डिस्प्लेसहित अमेरिकामा सार्वजनिक गरेको छ।

यसअघि बजारमा आइसकेका एज २०, एज २० प्रो, एज २० लाइट र एज २० फ्युजनको दाँजोमा यो फोन केही फरक र नयाँ छ।

यसको नाम भने गत वर्षको झैं मोटोरोला एज नै राखिएकोले अलि झुक्किने खालको छ भने यसपटक उत्तर अमेरिकी क्षेत्रका लागि लक्षित गरिएको छ।

कम्पनीले यो डिभाइस आगामी सेप्टेम्बर २ मा बिक्रीका लागि उपलब्ध हुने र यसको मूल्य ५०० डलर रहने बताएको छ। यसमा १४४ हर्ज रिफ्रेश रेटसहितको १०८०x२४६० पिक्सेल रेजोल्युशन भएको ६.७ इन्च एलसीडी डिस्प्ले दिइएको छ।

पावरका लागि स्न्यापड्रागन ७७८जी चिपसेट तथा ८ जीबी र्याम र २५६ जीबी आन्तरिक स्टोरेज रहनेछ।

आईपी५२ कोटिङसहित आउने यो स्मार्टफोनमा ३० वाट फास्ट चार्जिङसहितको ५००० एमएएच ब्याट्री राखिएको छ।

एन्ड्रोइड ११ तथा १०८ मेगापिक्सेल मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहेको यो डिभाइसमा अगाडि ३२ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ।

Sajilo Visa
easy care