चिप अभावका कारण अटोमेकर फक्सवागनले उत्पादन थप कटौती गर्नसक्ने

  • Technology Khabar | ३ भाद्र २०७८, बिहीबार
चिप अभावका कारण अटोमेकर फक्सवागनले उत्पादन थप कटौती गर्नसक्ने

काठमाडौं ।

जर्मन अटोमेकर फक्सवागनले सेमीकण्डक्टर आपूर्ति संकटको कारण उत्पादनमा अझै कटौती गर्न सक्ने संभावना देखिएको छ । बिहीबार टोयोटाको सेप्टेम्बरमा गाडी उत्पादन ४० प्रतिशतले कमी आएको एक रिपोर्ट पछि जर्मन कार निर्माताले सो कुरा बताएको हो।

यस वर्षको शुरुमा मागमा सुधारसहितको वृद्धि भएपनि कम्पोनेन्टको आपूर्ति श्रृंखलामा समस्या आएपछि अटो उद्योग नयाँ तनावको सामना गरिरहेको छ। एशियामा कोभिड १९ को प्रकोपले चिप उत्पादन र व्यावसायिक बन्दरगाहको संचालनलाई प्रभावित गरीरहेको छ।

“हामी हाल तेस्रो क्वाटरमा चिप्सको आपूर्ति धेरै अस्थिर र खुम्चिने अपेक्षा गर्दछौं,” फक्सवागन, टोयोटा पछाडि नम्बर दुई भोल्युम कार निर्माताले रोयटर्ससँग भनेको छ, “हामी उत्पादनमा थप परिवर्तनहरुलाई इन्कार गर्न सक्दैनौं।”

वुल्फ्सबर्गमा आधारित कार निर्माताले यस बर्षको अन्त्यसम्ममा स्थिति सुधार हुने अपेक्षा गरेको छ र सकेसम्म दोस्रो अर्धवार्षिकमा उत्पादनको कमीलाई पूरा गर्ने लक्ष्य राखेको छ।

प्रतिद्वन्द्वी टोयोटाले सेप्टेम्बरको लागी आफ्नो अघिल्लो योजनाबाट ४० प्रतिशतले विश्वव्यापी उत्पादन घटाउने निक्की बिजनेस डेलीले यसअघि नै उल्लेख गरेको छ ।

प्रकाशित: ३ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • ३ भाद्र २०७८, बिहीबार