
काठमाडौं ।
कोरोनाभाइरस महामारीको शुरुवातदेखि फेसबुकले स्वास्थ्यको बारेमा राखिने गलत जानकारीहरु साझा गर्ने लाखौं पोस्टहरुलाई हटाउँदै पहिलेको तुलनामा कडा कदम लिएको छ। जसअनुसार कति जनाको एकाउन्टहरु, समूहहरु र पृष्ठहरुलाई बारम्बार ती नियमहरु तोडेकोमा प्लेटफर्ममा प्रतिबन्धित गरीएको छ भन्ने जानकारी कम्पनीले दिएको छ। कम्पनीले ३ हजार भन्दा धेरै नियम तोड्ने एकाउन्टहरुलाई प्रतिबन्ध लगाएको जानकारी दिएको छ।
फेसबुकले आफ्नो सामुदायिक मापदण्ड कार्यान्वयन रिपोर्टको हिस्साको रूपमा नयाँ तथ्यांक साझा गर्यो, जसले कसरी कम्पनीले आफ्नो नियमहरुलाई लागू गर्दछ भनेर मापन गरेको छ।
महामारी र खोपहरुको बारेमा फेसबुकमा गलत जानकारीको विशाल मात्राको कारण यो संख्या कम लाग्न सक्छ। तर कम्पनीले सन् २०२० मा महामारी शुरु भएदेखि यो वर्ष जुन महिनासम्ममा २ करोड त्यस्ता भ्रामक सामग्रीहरु हटाएको छ भने १९ करोड त्यस्ता जानकारीहरुमा चेतावनी लेबल राखेको छ।
पत्रकारहरुसँगको कुराकानीको क्रममा फेसबुकको सामग्री नीतिकी उपाध्यक्ष मोनिका बिकर्टकाअनुसार कम्पनीले लगातार आफ्नो नीतिहरु बनाउनु पर्ने हुन्छ, र यसले ६५ प्रकारको खोपहरु बारेको झुटहरुलाई हटाउँछ, उदाहरणको लागि कोभिड १९ भ्याक्सिन लगाएको कारण शरिरमा चुम्बकत्व हुन्छ भन्ने भ्रामक जानकारी ।
फेसबुकको खोपको गलत सूचनाको व्यवस्थापन हालैका महीनाहरुमा चर्चामा छ किनकि अमेरिकी राष्ट्रपति जो बाइडेन लगायत सरकारी अधिकारीहरुले फेसबुकले कोभिड १९ को खोपको बारेमा गलत जानकारीको सामना गर्न धेरै गर्नु पर्ने बताउँदै आएका छन्। फेसबुकको भनाइअनुसार अमेरिकामा भ्याक्सिनको हिचकिचाहट ५० प्रतिशतले घटेको छ र यसको कोभिड १९ सूचना केन्द्र २ अर्ब मानिसहरुमा पुगेको छ।
प्रकाशित: ३ भाद्र २०७८, बिहीबार