रियलमी बुक आगामी अगस्ट १८ मा भारतमा सार्वजनिक हुँदै

  • Technology Khabar | २८ श्रावण २०७८, बिहीबार
रियलमी बुक आगामी अगस्ट १८ मा भारतमा सार्वजनिक हुँदै

काठमाडौं ।

चिनियाँ ब्रान्ड रियलमीले आगामी अगस्ट १८ मा रियलमी बुक स्लिम नाम गरेको ट्याब्लेट सार्वजनिक गर्ने भएको छ।

उक्त दिन रियलमीले भारत, चीन र यूरोपमा छुट्टाछुट्टै तीन ओटा इभेन्ट गर्ने भएको छ। कम्पनीले भारत र यूरोपमा जीटी मास्टर सिरिज स्मार्टफोन तथा चीनमा रियलमी बुक सार्वजनिक गर्ने तालिका रहेको छ।

यसै क्रममा रियलमीको भारत शाखाले त्यसै दिन स्थानीय बजारमा जीटी फाइभजी र जीटी मास्टर एडिशनसँगै रियलमी बुक स्लिम पनि सार्वजनिक गर्ने जानकारी गराएको छ।

यस हिसाबले रियलमी बुक र रियलमी बुक स्लिम दुई अलग उत्पादन हुन् वा दुई नामका एकै उत्पादन हुन् भन् यकिन भएको छैन।

प्रकाशित: २८ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार