ह्वाट्सएप आईओएस र एन्ड्रोइडबीच च्याट ट्रान्सफर गर्न सक्षम, आधिकारिक घोषणा

  • Technology Khabar | २८ श्रावण २०७८, बिहीबार
ह्वाट्सएप आईओएस र एन्ड्रोइडबीच च्याट ट्रान्सफर गर्न सक्षम, आधिकारिक घोषणा

काठमाडौं ।

थुप्रै हल्ला र चर्चा परिचर्चापछि ह्वाट्एप अन्तत: मेसेज हिस्ट्री र सामग्री एन्ड्रोइड र आईओएसबीच ट्रान्फर गर्न सक्षम भएको छ।

यो फिचर बुधबार भएको ग्यालेक्सी अनप्याक्ड इभेन्टमा आधिकारिक रुपमा घोषणा गरिएको हो। ग्यालेक्सी जेड फोल्ड तथा जेड फ्लिप यो फिचर प्रयोग गर्न सक्ने शुरुवाती दुई डिभाइस भएका छन्।

हाल यी दुई डिभाइसमा आईओएसबाट डाटा ट्रान्सफर गर्न सकिनेछ।

यो फिचर सबै एन्ड्रोइड फोन तथा आईफोनहरुमा सार्वजनिक रुपमा उपलब्ध हुनुअघि एन्ड्रोइड १० तथा त्यसमाथिका अपरेटिङ सिस्टम भएका डिभाइसहरुमा उपलब्ध हुनेछ।

यो अप्शन सबै फोनहरुमा कहिले उपलब्ध हुनेछ भन्ने कुनै यकिन समय तोकिएको छैन। तर सामसङले अब आईफोन यूजरहरुलाई एन्ड्रोइडमा स्विच गर्न आग्रह गर्ने भएको छ। ह्वाट्सएपले एन्ड्रोइड यूजरले कहिलेदेखि आईफोनमा डाटा ट्रान्सफर गर्न सक्छन् भन्नेबारेमा कुनै प्रस्ट जानकारी दिएको छैन।

यो फिचर प्रयोग गर्नका लागि दुवै एन्ड्रोइड र आईओएस डिभाइस एक आपसमा यूएसबी-सी टु लाइटनिङ केबलमार्फत् जोडिएको हुनुपर्छ। यो डाटा ट्रान्सफर इन्टरनेटको माध्यमबाट गर्न सकिने छैन।

च्याट हिस्ट्री एकभन्दा बढी क्लाउडमा स्टोर भएको खण्डमा भने यसलाई व्यवस्थापन गर्न तत्काल अर्थात् मर्ज गर्न सकिनेछैन। ट्रान्सफर गरिएको डाटाले पहिले भएको डाटामाथि ओभरराइट गर्ने हुनाले समस्या आउन सक्छ।

प्रकाशित: २८ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार