सञ्चार तथा सूचना प्रविधिबाट ३ लाख ४४ हजार रोजगार सिर्जना गर्ने सरकारी लक्ष्य

  • Technology Khabar | १८ श्रावण २०७८, सोमबार
सञ्चार तथा सूचना प्रविधिबाट ३ लाख ४४ हजार रोजगार सिर्जना गर्ने सरकारी लक्ष्य

काठमाडौं ।

सरकारले चालु आर्थिक वर्षमा सरकारले ३ लाख ४४ हजार रोजगार सिर्जना गर्ने लक्ष्य राखेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको चालु आवको लागि सूचकहरु र लक्ष्यको बिबरणअनुसार सरकारले ३ लाख ४४ हजार रोजगार सञ्चार तथा सूचना प्रविधिबाट रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ ।

सरकारले यसअघि आर्थिक वर्ष २०७७/७८ मा २ लाख ८८ हजार रोजगार सिर्जना गर्ने लक्ष्य लिएको थियो तर सो लक्ष्य हासिल भएको कुनै जानकारी मन्त्रालयले राखेको छैन यसको मतलब सरकारले अघिल्लो वर्ष लिएको लक्ष्य पुरा नै गर्न सकेको छैन्। तर चालु आवको लागि भने त्यो भन्दा महत्वाकांक्षि लक्ष्य राखेको छ।

यसअघि आर्थिक वर्ष २०७५/७६ मा सरकारले सञ्चार तथा सूचना प्रविधिबाट रोजगारी सिर्जना गर्ने लक्ष्य २ लाख तोकेको थियो भने सो लक्ष्य हासिल भयो भएन भन्ने बारेमा समेत कुनै जानकारी मन्त्रालयले उल्लेख गरेको छैन् ।

त्यसैगरि सो लक्ष्य कसरी हासिल गर्ने भन्ने बारेमा भने कुनै जानकारी उल्लेख गरेको छैन् ।

प्रकाशित: १८ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sri Lanka arrests 1,093 foreigners in cybercrime crackdown in 2026

  • Technology Khabar
  • १८ श्रावण २०७८, सोमबार