ह्वावेले आफ्ना पुराना डिभाइसहरुमा आन्तरिक स्टोरेज अपग्रेड गरिदिने

  • Technology Khabar | १५ श्रावण २०७८, शुक्रबार
ह्वावेले आफ्ना पुराना डिभाइसहरुमा आन्तरिक स्टोरेज अपग्रेड गरिदिने

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले आफ्ना पुराना डिभाइसहरुमा स्टोरेज अपग्रेड गरिदिने भएको छ।

बिहीबार एउटा इभेन्टमा पी५० सिरिजका साथमा अन्य उत्पादनहरु सार्वजनिक गरेको कम्पनीले पुराना डिभाइसमा स्टोरेज अपग्रेड गरिदिने कार्यक्रमको बारेमा पनि आधिकारिक जानकारी गराएको हो।

यस योजना अन्तर्गत अब मेट, पी तथा नोभा सिरिज प्रयोगकर्ताले ३६९ चिनिया युआन् अर्थात् ५७ डलरमै हार्मोनीओओएसका लागि आवश्यक ठाउँ बनाउन आफ्ना डिभाइसको आन्तरिक स्टोरेज बढाउन सक्ने बताइएको छ।

यो सुविधा उपलब्ध हुने पहिलो सूचीमा मेट ९, मेट १०, मेट २०, मेट ३०, पी१० पी२० र पी३० सिरिज रहेका छन्। तर यिनीहरुका लाइट भर्सनमा यो उपलब्ध हुनेछैन्।

यो सुविधामार्फत् उक्त फोनमा रहेका आन्तरिक स्टोरेज दोब्बर हुनेछन्।

२०१७को डिसेम्बरमा आएको नोभा २एस देखि अहिलेको नोभा ७एसई फाइभजी युथ सम्म यसका लागि योग्य हुनेछन्। चिनियाँ स्रोतलाई उल्लेख गरेर आएको समाचारअनुसार थुप्रै वर्षदेखिका विभिन्न अनर फोनहरु पनि यसमा सहभागी हुन सक्नेछन्।

यो कार्यक्रम तत्कालका लागि चीनमा मात्र उपलब्ध हुने र सफल भएको खण्डमा चीनबाहिर पनि जान सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार