ऋण नतिरेको भन्दै एमभी अगस्टा बिक्रेता गियरभेन्चर बाइक नेपाललाई न्यायाधिकरणले बोलायो

  • Technology Khabar | १३ श्रावण २०७८, बुधबार
ऋण नतिरेको भन्दै एमभी अगस्टा बिक्रेता गियरभेन्चर बाइक नेपाललाई न्यायाधिकरणले बोलायो

काठमाडौं ।

नेपालमा एमभी अगस्टा ब्राण्डको मोटरसाइकल बिक्री गर्दै आएको गियरभेन्चर बाइक नेपाल प्रालीलाई ऋण नतिरेको भन्दै सो बारेमा परेको मुद्धामा जानकारी दिन ऋण असुली न्यायाधिकरणले बोलाएको छ।

सिभिल बैंकबाट लिएको ऋण समयमा चुक्ता नगरेको भन्दै बैंकले दिएको उजुरीको आधारमा न्यायाधिकरणले तोकिएको समयभित्र सो बारेमा प्रतिउत्तर पेश गर्न भन्दै गियरभेन्चरलाई बोलाएको हो ।

सार्वजनिक सूचनामा सिभिल बैंकको ऋण समयमा नतिरेको भन्दै सो कम्पनी तथा त्यसका संचालकहरु झापा जिल्लाका सुमेरु श्रेष्ठ, काठमाडौंका शुशान्त नेपाल र अखिल बिक्रम पाण्डेलाई हाजिर हुन बोलाएको हो ।

बैंकको ऋण असुल उपर गर्न वा कालोसूचीमा राख्ने प्रकृयाको लागि बैंकले दिने निवेदनको आधारमा न्यायाधिकरणले मुद्धाको छिनोफानो गर्दै प्रकृया अगाडि बढाउने कानूनी प्रावधान छ । यसरी कालोसूचीमा परेको कम्पनीले अन्य बाणिज्य बैंकहरुबाट समेत ऋण लिन पाउँदैन् ।

एमभी अगस्टा ब्राण्डको मोटरसाइकल बिक्री गर्दै आएको गियरभेन्चरलाई सूचना प्रकाशित भएको १५ दिनभित्र मुद्धामा बहसका लागि हाजिर हुन भनिएको छ।

सो कम्पनीले नेपाली बजारमा एमभी अगस्टा मोटरसाइकल बाहेक विभिन्न ब्राण्डका साइकलहरु तथा एसेसरिजहरु बिक्री गर्दै आएको कम्पनीको वेबसाइटमा देखिन्छ।

प्रकाशित: १३ श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...