ताजा समाचार

दुर्गमको नेप्का गाउँमा नेपाल टेलिकमको टावर निर्माण, फोरजी सेवा उपलब्ध

दुर्गमको नेप्का गाउँमा नेपाल टेलिकमको टावर निर्माण, फोरजी सेवा उपलब्ध
सांकेतिक तस्बिर
Global IME Bank

हुम्ला जिल्लाको चंखेली गाउँपालिका– ५ को दुर्गमको नेप्का गाउँ सञ्चार सेवासंग जोडिएको छ । पाँच वर्षअघि सम्झौता भएको टावर निर्माणको कामले पूर्णता पाएपछि टेलिकमको नेटवर्कले काम गर्दा दुरदराजको गाउँ सहज रुपमा सञ्चार सेवासंग जोडिएको हो ।

चंखेली गाउँपालिका–५ का अध्यक्ष भैरव तामाङले लामो समयको प्रतिक्षापछि नेप्का गाउँ सहज रुपमा सञ्चार सम्पर्कसँग जोडिएको बताए।

नेपाल टेलिकमको मोवाईल टावरको निर्माण र जडान कार्य सम्पन्न भएपछि गाउँ सञ्चार सेवासँग जोडिएको हो ।

उनले सबैतिर घच्घच्याएपछि बल्ल निर्माण कम्पनीले टावर निर्माण कार्य सम्पन्न गर्दा सेवाग्राही सञ्चारको पहुँचमा जोडिएको बताए।

सदरमुकामबाट साढे दुई दिन पैदल लाग्ने नेप्कामा पहिलो पटक नेपाल टेलिकमको मोवाइल टावर जडान गरेपछि नेप्का पहिलो पटक सञ्चारमा जोडिएको हो ।

चीनको सिमाना जोडिएको नेप्कामा यसअघि भिस्याटको फोन भएपनि राम्रो नचल्दा सम्पर्कबाट बाहिर थियो । चंखेली गाउँपालिकाले साउन ११ गतेको दिन नेपाल टेलिकमसँगको सहकार्यमा नेप्कामा पहिलो पटक मोवाइल टावर जडान गरेपछि वडा नम्बर ५ को नेप्का क्षेत्र नै सञ्चार सञ्जालमा जोडिएको हो । गाउँपालिकाको केन्द्र पिप्लाङ देखि एक दिनको पैदल दूरीमा रहेको नेप्कामा मोवाइल सूचारु भएपछि धेरै कामका लागि सहज भएको छ ।

वडा अध्यक्ष तामाङ्ले अहिलेसम्म फोनसम्म चलाउन नपाएका नेप्काका स्थानीय नागरीकहरुले देश विदेशमा रहेका आफ्ना आफन्त, साथीभाई सहित घर परिवारसँग कुराकानी गर्न पाउँदा आफ्ना नागरिकहरु खुसी भएको जानकारी दिए।

टावर जडान भएर सञ्चालनमा आएसंगै फोरजी सेवा समेत सुचारु भएको छ । यसअघि वर्ल्डलिंकले वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा जडान गरेको ईन्टरनेट सेवाका लागि स्थानीय सेवाग्राहीहरु राती अबेरसम्म चौरमा बस्ने गर्थे । त्यो पनि कति बेला अबरुद्ध हुन्छ भन्ने एकिन थिएन । गोरखापत्रअनलाइन

Sajilo Visa
easy care