एनालग इंक र पश्चिमाञ्चल होटल एसोसियशनबीच महामारीका बीच पर्यटन उद्योग उकास्न सम्झाैता

  • Technology Khabar | ११ श्रावण २०७८, सोमबार
एनालग इंक र पश्चिमाञ्चल होटल एसोसियशनबीच महामारीका बीच पर्यटन उद्योग उकास्न सम्झाैता

काठमाडौं ।

कोरोना महामारीका कारण थलिएको पर्यटन उद्योगलाई उकास्न एनालग इंक र पश्चिमाञ्चल होटल एसोसियशनबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

प्रविधि र डिजिटल सेवा बजारीकरण कम्पनी एनालग इंकले विभिन्न संस्थाहरुलाई आम्दानी बढाउन वैश्विक प्रतिस्पर्धात्मक बजारसम्बन्धी परामर्शका साथै उच्च कोटीको प्राविधिक तथा डिजिटल मार्केटिङ रणनीति तथा सेवा प्रदान गर्छ।

यो सम्झोतापछि एनालगले यो संघअन्तर्गतका सबै होटलहरुलाई डिजिटल मार्केटिङ सेवा दिने बताइएको छ।

एनालगले पर्यटकहरुलाई कोरोना महामारीका बेला पनि सुरक्षसत तवरले होटल बुक गर्न सहजताका लागि वेबमा आधारित बुकिङ प्लेटफर्म विकास गर्न लागेको छ।

पश्चिमाञ्चल होटलसँघ पोखराका अध्यक्ष बिकल तुलाचनसँगको सम्झाैताबाहेक एनालगले सस्तो दरमा आवश्यक परेकाहरुलाई वेबमा आधारित सेवा उपलब्ध गराउनेछ।

कम्पनीले संघभित्र रहेका होटलहरुलाई आफ्ना वेब सेवामा २० प्रतिशत छुटको घोषणा पनि गरेको छ।

एनालग इकका सीईओ आशुतोष अग्रवालले रणनैतिक फाइदा प्राप्ति गर्दै र राष्ट्रिय अर्थतन्त्रलाई निरन्तरता दिँदै उज्वल भविष्यका लागि मिलेर कोभिड-१९ सँग लड्न आग्रह गरे। यसबाट राष्ट्र निर्माणमा प्रविधि र डिजिटल कम्पनीको महत्व कति हुन्छ भनेर प्रमाणित गर्न सकिने उनको भनाइ थियो।

प्रकाशित: ११ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...