ताजा समाचार

प्रेस पास र अनलाइन मिडिया दर्ता तथा नवीकरण अनलाइनबाट गर्ने कार्य शुरु, यस्तो छ तरिका

प्रेस पास र अनलाइन मिडिया दर्ता तथा नवीकरण अनलाइनबाट गर्ने कार्य शुरु, यस्तो छ तरिका
Global IME Bank

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणसहितका कार्यहरु आजदेखि अनलाइनमार्फत नै गराउन सकिने भएको छ।

सूचना तथा प्रशारण विभागले नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरणको कार्य र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि अनलाइनबाटै निवेदन दिन सकिने सेवा आजदेखि शुरु गरेको हो ।

विभागले बिहीबार एक विज्ञप्ती जारी गर्दै नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्यहरुको सेवा प्रवाह अनलाइनबाट हुने व्यवस्था मिलाईएको छ ।

सेवाग्राहीहरुले साउन १० गते आईतबारदेखि आवश्यक कागजातसहित सूचना तथा प्रसारण विभागको वेबसाइटबाट आवेदन दिन सकिने छ र यसको लागि विभागले तयार पारेको वेबसाइट http://202.45.146.61/pressinfo/publicview मा आवेदन दिन अनुरोध गरेको छ ।

अनलाइनबाट आवश्यक कागजातसहित प्रक्रिया पुरा गरी निवेदन दिएका सेवाग्राहीहरूले प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन सञ्चार माध्यम प्रमाणपत्र काठमाडौं उपत्यकाको हकमा भोलिपल्ट उपलब्ध गराइने विभागले जनाएको छ।

उपत्यका बाहिरका सेवाग्राहीको हकमा अनुकुलता र माग अनुसार विभाग वा सम्बन्धित जिल्ला जिल्ला हुलाक कार्यालयबाट उपलब्ध गराउने व्यवस्था गरिने विभागले जनाएको छ।

यस्तो छ अनलाइन सेवा लिने तरिका

अनलाइनबाटै प्रेस पाउन, नवीकरण गर्न तथा अनलाइन मिडिया दर्ता गर्न र नवीकरण गर्न शुरूमा सूचना व्यवस्थापन प्रणालीमा क्लिक गर्नुपर्नेछ । त्यसपछि त्यहाँ ३ वटा विकल्प देखिने छन् ।

आफुले कुन सेवा लिन चाहेको हो उक्त विकल्पमा छनोट गर्नुपर्छ । यदी प्रेस पास लिन वा नवीकरण गर्न चाहनुहुन्छ भने रजिष्टर फर प्रेस पास (जर्नालिष्ट) मा जानुहोस् ।

त्यसपछि त्यहाँ रजिष्टर टाइपमा गएर नयाँ लिने वा नवीकरण गर्ने भनेर छनोट गर्नसकिन्छ । यति गरेपछि त्यहाँ माग भए अनुसार आफ्नो विवरणहरु राखेर प्रेस पासका लागि आवेदन दिन सकिने छ।

त्यस्तै अनलाइन मिडिया दर्ता वा नवीकरण गर्नका लागि रजिष्टर अनलाइन मिडिया अप्सनमा क्लिक गर्नुहोस् ।

त्यसपछि त्यहाँ रजिष्ट्रेसन टाइपमा गएर नयाँ अनलाइन मिडिया दर्ता गर्ने वा नवीकरण गर्ने त्यसअनुसार छनोट गर्नुहोस् । अनि त्यहाँ माग भएअनुसार आवश्यक विवरण राखेर अनलाइन मिडिया दर्ता गर्न वा नवीकरण गर्न सकिने छ। यसको लागि आवश्यक कागजातहरु अनलाइनमै अपलोड गर्ने अप्सन समेत दिईएको छ ।

त्यसैगरी त्यहाँ अनलाइन पोर्टल भन्ने अर्को अप्सन रहेको छ, जसबाट मिडियाहरुले आफ्नो कार्यालयको दरबन्दी र श्रम विवरणहरु विभागमा पठाउन सकिन्छ ।

साथै सूचना तथा प्रसारण विभागले त्यहाँ युजर म्यानुअल पनि राखेको छ, जसबाट पनि माथिका यी अनलाइन सेवा कसरी प्रयोग गर्न सकिन्छ भनेर थाहा पाउन सकिन्छ ।

तपाईँले दर्ता गरेको बिवरणहरु प्रिन्ट समेत गर्न सकिनेछ भने सबमिसन नम्बर सुरक्षित राखेर पछि हेर्न समेत सकिन्छ ।

Sajilo Visa
easy care