नेटफ्लिक्सको सशुल्क ग्राहक बढे, अपेक्षाकृत आम्दानी भने भएन

  • Technology Khabar | ६ श्रावण २०७८, बुधबार
नेटफ्लिक्सको सशुल्क ग्राहक बढे, अपेक्षाकृत आम्दानी भने भएन

काठमाडौं ।

नेटफ्लिक्सले आफ्ना सशुल्क ग्राहकको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न सफल भएको छ।

ग्राहकको सङ्ख्यामा बढोत्तरी भए पनि कम्पनीले अपेक्षा गरेको मात्रामा आम्दानी भने गर्न सकेको छैन।

गत मंगलबार कम्पनीले शेयर कारोबार बन्द भएपछि पहिलेको घाटाबाट माथि उठेर २ प्रतिशतको हाराहारीमा लाभ कमाउन सफल भएको थियो। तर यो कमाइले कम्पनीको अपेक्षा पूरा गर्न भने सकेन।

विश्लेषकशरुको रिफिनिटिभ सर्वे अनुसार उक्त दिनको प्रति शेयर कमाइ २.९७ डलर भएकामा कम्पनीले भने प्रति शेयर ३.१६ डलर कमाइ हुने अपेक्षा गरेको थियो। यसैगरी समग्रमा ७ अर्ब ३४ करोड डलर आम्दानी भएकामा यसले भने कम्पनीको ७ अर्ब ३२ करवड डलरको अपेक्षा पूरा गरेर केही माथि गएको थियो।

यसैबीच विश्वभरका सशुल्क ग्राहकहरुको सङ्ख्यामा भने उल्लेख्य वृद्धि भएको पाइएको छ।

कम्पनीले ११ लाख ९० हजार नयाँ सशुल्क ग्राहक थपिने प्रक्षेपण गरेकामा यो सङ्ख्या अपेक्षाभन्दा लगभग ३ लाख ५० हजार थप भएर जम्मा १५ लाख ४० हजारमा पुगेको थियो।

तर सशुल्क ग्राहकको बढेको सङ्ख्या र कम्पनीको प्रतिशेयर तथा समग्रम आम्दानीको परिमाणमा भने खासै तादात्म्य देखिएको थिएन।

विश्लेषकहरुले यो त्रैमासमा ग्राहक सङ्ख्याका हिसाबले यति उल्लेख्य प्रगति हुने सोचेका थिएनन्। कम्पनीले यो त्रैमासमा अपेक्षाभन्दा निकै बढी अर्थात् १५ लाख ४० हजार सशुल्क ग्राहक थपिएर समग्रमा २ अर्ब ९ हजार ग्राहक पुगेको आँकडा प्रस्तुत गरेको छ।

‘कोरोनाका कारण हाम्रो ग्राहक सङ्ख्या वृद्धिमा केही समस्या देखिएको थियो, अब यो ठिक भएको छ। हामी सदस्यताका लागि आफ्ना सेवा सुधारमा लागिरहनेछाैं र विश्वभरबाट उत्कृष्ट सामग्री पस्कने जमर्कोमा रहनेछाैं’, कम्पनीले आफ्ना लगानीकर्तालाई पठाएको पत्रमा उल्लेख छ।

नेटफ्लिक्सले गएको त्रैमासमा आफ्नो आम्दानी सशुल्क ग्राहकबाट ११ प्रतिशत वृद्धि भएको तथा औसत ८ प्रतिशत वृद्धि भने प्रति सद्स्यतामार्फत् आएको बताएको छ।

प्रकाशित: ६ श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार