एप्लिकेसन

प्यालेन्टिरद्वारा स्टार्टअप कम्पनी लक्षित फाउन्ड्री फर बिल्डर्स योजनाको शुरुवात

प्यालेन्टिरद्वारा स्टार्टअप कम्पनी लक्षित फाउन्ड्री फर बिल्डर्स योजनाको शुरुवात
Global IME Bank

प्यालेन्टिर टेक्नोलोजिजले स्टार्ट अप तथा साना व्यवसायलाई लक्षित गरेर प्यालेन्टिर फाउन्ड्री फर बिल्डर्स शुरु गरेको छ।

उसले आफ्नो उपभोक्ताको दायरा सरकारी र ठूला कम्पनीबाट अझै विस्तार गर्न यो परियोजना शुरु गरेको बुझिएको छ।

सफ्टवयर कम्पनीले आफ्नो व्यवसाय कि शुरुवाती डेभलपर र साना व्यवसायबाट शुरु गरेर बिस्तारै ठूला कम्पनीहरुतिर विस्तार गर्ने गर्छन्।

तर प्यालेन्टिरले भने यसको ठिक उल्टो बाटो समातेको छ। प्यालेन्टिरले आफ्नो प्लेटफर्म व्यवसायहरुका लागि अझ पहुँचयोग्य र तुरुन्तै प्रयोग गर्न सकिने हिसाबले विकास गर्न खोजिरहेको छ।

कम्पनीले हालैको त्रैमासमा तीमध्ये अधिकांश ठूला संस्थाहरुसाहित १४९ नयाँ उपभोक्ता आफ्नो सूचीमा थपेको छ।

पहिलो त्रैमासमा प्यालेन्टिरले १ करोड डलरका ६ ओटा सहित १० ओटा  ५० लाखभन्दा बढी रकमको लगभग १५ ओटा सम्झाैता भंग गरेको दावी गरेको छ।

प्यालेन्टिर फाउन्ड्री फर बिल्डर्स स्टार्टअपहरुलाई सघाउन र समयक्रममा माथि उठाउने हिसाबले डिजाइन गरिएको छ।

यसमा प्यालेन्टिर फाउन्ड्री प्रोग्राम समावेश गरिएको छ भने यसले डाटा अपरेटिङ सिस्टम सिर्जना गर्न सहयोग गर्छ।

यसमार्फत् कम्पनीले सानो प्लेटफर्म उपलब्ध गराएर पछि ठूलो संस्थामा परिणत गर्ने उद्देश्य हो।

प्यालेन्टिर फाउन्ड्री फर बिल्डर्स सब्सक्रिप्शनमा आधारित छ र शुरुवातमा यो प्यालेन्टिर अलुम्नाइमा जोडिएका कम्पनीहरुलाई र बिस्तारै अन्य कम्पनीलाई उपलब्ध गराइने बुझिएको छ।

यसका शुरुवाती उपभोक्तामा स्वास्थ्य, कानून, वित्त प्रविधि तथा रोबोटिक्ससँग सम्बन्धित च्याप्टर, हेन्स एआई, एडिट्योन तथा गेको रोबोटिक्सजस्ता स्टार्टअपहरु रहने बताइएको छ।

प्यालेन्टिर फाउन्ड्री फर बिल्डर्समार्फत् कम्पनीले क्लाउड होस्टिङ, डाटा इन्टिग्रेशन तथा एनालिटिक्श, मोडल बिल्डिङ तथा डिसिजन सपोर्ट टूलहरु समावेश भएका प्रणालीबद्ध सेवा उपलब्ध गराउनेछ।

एजेन्सीका साथमा

Sajilo Visa
easy care