उज्वल थापाको उपचार गरी बचेको रकम आविष्कार केन्द्रसहित अन्य संस्थालाई प्रदान

  • Technology Khabar | ३ श्रावण २०७८, आईतवार
उज्वल थापाको उपचार गरी बचेको रकम आविष्कार केन्द्रसहित अन्य संस्थालाई प्रदान

काठमाडौं ।

विवेकशील साझाका पूर्वअध्यक्ष  स्वर्गिय उज्वल थापाको उपचार गरी बचेको रकम राष्ट्रिय आविष्कार केन्द्रसहित विभिन्न संस्थालाई वितरण गरिएको छ।

शनिबार उनको निजी आवासमा परिवारले एक कार्यक्रम गरी उक्त रकम हस्तान्तरण गरेको हो।

परिवारकाअनुसार उनको उपचारका लागि विश्वभरबाट करिब २,८०० व्यक्तिहरूबाट रु ६७ लाख ८३ हजार ४ सय ८५ संकलन भएको छ। त्यसमध्ये २४ लाख २० हजार ३ सय ४९ रूपैयाँ थापाको उपचारको लागि खर्च भएको र बैंक तथा रकम स्थानान्तरण गर्नको लागि १ लाख १० हजार ९ सय ३४ रूपैयाँ पैसा खर्च भएको परिवारले बताएको छ।

बाँकी ४२ लाख ५२ हजार २ सय रूपैयाँ सात संस्थालाई बाँडिएको हो। जसअनुसार राष्ट्रिय आविष्कार केन्द्रलाई समेत रकम प्रदान गरिएको छ । केन्द्रलाई थापाको परिवारले १५ लाख रुपैयाँ प्रदान गरेको छ ।

यस बाहेक भोरे नेपाल, सर्लाही (रु २,५०,०००); हार्टबिट, काठमाडौं (रु २,००,०००); मधेश ह्युमन राइट्स होम, कपिलवस्तु (रु २,०२,२०१.७२); नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, काठमाडौँ (रु ५,००,०००); ‌ओडा फाउन्डेसन, कालिकोट (रु १०,००,०००); तथा सानो पाइला, वीरगन्ज (रु ६,००,०००) रहेका छन्।

यी संस्थाहरूले बढीमा छ महिनामा आफ्नो काम सकाउनेछन् र उनीहरूको कामको अनुगमन गर्नलाई तोकिएका सम्पर्क व्यक्तिहरूले उक्त समयभित्र एउटा अनुगमन प्रतिवेदन पनि सार्वजनिक गर्ने बताइएको छ।

गत जेठ १८ गते कोरोना र निमोनियाको कारण थापाको उपचारको क्रममा निधन भएको थियो।

उनी वर्डप्रेस नेपालका सहसंस्थापक तथा सूचना प्रविधि क्षेत्रका उद्यमी समेत थिए ।

प्रकाशित: ३ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार