एनएमबि बैंकको आर्टिफिसियल ईन्टेलिजेन्सयुक्त कर्जाबाट १ हजार ग्राहक लाभान्वित

  • Technology Khabar | १ श्रावण २०७८, शुक्रबार
एनएमबि बैंकको आर्टिफिसियल ईन्टेलिजेन्सयुक्त कर्जाबाट १ हजार ग्राहक लाभान्वित

काठमाडौं ।

एनएमबि बैंकले बैंकिङ्ग जगतमै पहिलो पटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालनमा ल्याएको सरल कर्जा ‘एनएमबि सापटी’ सेवा लिने ग्राहकको संख्या १ हजार पुगेको र जस अन्तर्गत ६ करोड भन्दा बढी कर्जा प्रवाह भईसकेको जनाएको छ।

उक्त कर्जा अन्तर्गत कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने प्रावधान छ । यो सेवा बैंकसम्म नधाईकनै मोवाईलको प्रयोग बाट आवेदन दिएको ५ मिनेट भित्र नै प्राप्त गर्न सकिन्छ ।

डिजिटल कर्जामा ग्राहकहरुको खासै पहूँच नदेखिएको अवस्थामा एनएमबिले भने एनएमबि सापटी योजना मार्फत जनचेतना अभिबृद्धिको साथै स–साना कर्जामा केन्द्रित रहेर ग्राहकहरुलाई डिजिटल कर्जा प्रवाह गरिरहेको छ।

एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै यस बैंकमा तलब खाता हुने र व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको कर्जा हो ।

बैंकमा तलब खाता हुने र व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई एनएमबिले २४ महिनासम्मको लचिलो अवधि सहित क्रमशः १ लाख र २ लाख सम्म २४ अ‍ै घण्टा र ७ अ‍ै दिन कर्जा तुरुन्त उपलब्ध गराउँदै आइएको छ ।

ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आदि आफ्नो सहजताको आधारमा छनौट गर्न सक्नेछन् ।

बैंकले सबै ग्राहकलाई सुरक्षित रही डिजिटल संरचनाहरुको प्रयोग गर्न, सुरक्षा सम्बन्धि नियम पालना गरी आफु र आफ्नो परिवारलाई कोभिडको महामारीबाट सुरक्षित हुने उपायहरु अवलम्वन गर्नु अनुरोध गरेको छ ।

प्रकाशित: १ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार