ताजा समाचार

अमेजनको रिङ डोरबेलहरूको लागि अब ईन्क्रिप्शन फिचर उपलब्ध

अमेजनको रिङ डोरबेलहरूको लागि अब ईन्क्रिप्शन फिचर उपलब्ध
Global IME Bank

अमेजनले अमेरिकामा एक सफल परीक्षण गरेपछि संसारमा रिङ डोरबेलद्वारा खिचिने भिडियोको लागी एन्ड-टु-एन्ड ईन्क्रिप्शनको प्रस्ताव गरेको छ।

यसको अर्थ अब रिङ डोरबेलद्वारा खिचिएको भिडियो जून स्मार्टफोनमा प्राप्त हुनेछ त्यसमा मात्र फाइलहरू हेर्न सक्षम हुनेछ।

एन्ड-टु-एन्ड ईन्क्रिप्शन एउटा सुरक्षा सुविधा हो जुन व्हाट्सएपको जस्तै गोपनीयता-केन्द्रित सन्देश सेवाहरूद्धारा मनपराईन्छ।

रिङ भिडियो फुटेज अमेजन वेब सर्भरमा भण्डार गरिएको हुनेछ तर एन्ड-टु-एन्ड ईन्क्रिप्शनको अर्थ टेक जायन्टले यसलाई हेर्न, वा तेस्रो पक्षलाई हस्तान्तरण गर्न सक्षम हुनेछैन्।

प्रमाणिकरण एपहरूको विकल्प सहित अन्य नयाँ सुरक्षा सुविधाहरू पनि त्यहाँ ल्याईएको छ जसमा एक अतिरिक्त सुरक्षा लग-इन चरण, र क्याप्चा इमेजहरू प्रयोग गर्ने अप्सन पनि थपिनेछ।

अमेजनले २०१८ मा अमेरिकी फर्म रिङलाई करिब १ अर्ब अमेरिकी डलरमा खरिद गरेको रिपोर्ट गरिएको थियो।

फर्मले भन्यो, ‘यसको लक्ष्य “अति गोपनीयता, सुरक्षा र प्रयोगकर्ता नियन्त्रणको साथ छिमेकहरुलाई सुरक्षित” बनाउनु हो।

Sajilo Visa
easy care