उद्योगहरुले माैज्दात राख्न थालेपछि चीनमा सेमिकन्डक्टर चिपको आयातमा उल्लेख्य वृद्धि

  • Technology Khabar | ३१ असार २०७८, बिहीबार
उद्योगहरुले माैज्दात राख्न थालेपछि चीनमा सेमिकन्डक्टर चिपको आयातमा उल्लेख्य वृद्धि

काठमाडौं ।

चीनमा सेमिकन्डक्टर चिपको आयात जुन महिनामा उल्लेख्य मात्रमा बढेको छ।

देशमा अटोमोबाइल स्मार्टफोनहोम एप्लायन्स तथा अन्य सामग्रीहरुको बढ्दो माग अनुरुप उत्पादनका लागि आवश्यक ठूलो परिमाणको आईसी अर्थात् इन्टिग्रेटेड सर्किट आयात भएको तथ्याङक छ।

एससीएमपीको एउटा रिपोर्ट अनुसार चीनले जुनमा मात्रै ५२ अर्ब थान सेमिकन्डक्टर चिप आयात गरेको छ।

एकै महिनामा आयात भएको सेमिकन्डक्टर चिपको यो सङ्ख्या तेस्रो ठूलो हो। यसअघि मार्चमा अहिलेसम्मकै धेरै आयात भएको थियो।

चीनको भन्सार प्रशासनले गत हप्ता निकालेको प्रतिवेदन अनुसार गत अप्रिलमा पनि उल्लेख्य परिमाणमा सेमिकन्डक्टर चिप आयात गरिएको थियो।

स्थानीय उद्योगहरुले विश्वव्यापी चिप अभावलाई मध्यनजर गर्दै भविष्यका लागि पनि मोजदात राख्न थालेकोले यति धेरै सेमिकन्डक्टर चिप आयात भएको बुझिएङ्को छ।

रिपोर्टमा चीनमा आयात हुने धेरै उत्पादनहरु मध्ये सेमिकन्डक्टर चिप पनि मुख्य रहेको र जुन महिनामा मात्रै अमेरिकाबाट चिप आयातका लागि ३८ अर्ब डलर खर्च भएको जनाइएको छ।

यो रकम सोही अवधिमा चीनले बिक्री गरेको कुल कच्चा तेलको मूल्यको ठिक दोब्बर हुन आउँछ। साथै चीनले अघिल्ला ६ महिनामा कुल ३ खर्ब १० अर्ब थान सेमिमन्डरटर चिप आयात गरेको तथ्याङ्क रहेको छ।

यो आँकडा गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो। यस अवधिमा चीनले विश्वव्यापी चिप अभावकै बीच पनि ताइवानको चिप फ्याक्ट्रीबाट गरिने आयातको परिमाण बढाएको थियो।

यसको आपूर्तिले यो क्षेत्र तथा स्थानीय निर्माताहरुलाई कार स्मार्टफोन होम एप्लायन्स तथा अन्य थुप्रै डिभाइसहरुको उतपादन सङ्ख्या बढाउन सघाउने आकलन गरिएको छ।

प्रकाशित: ३१ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...