
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी जेडटीईले यूरोपेली बजारमा नयाँ जेडटीई ब्लेड ३० स्मार्टफोन सार्वजनिक गर्ने भएको छ।
सार्वजनिक हुनुभन्दा केही समयअघि सुधांशु एम्बोरे नामका एक लिकस्टरले यो डिभाइसका विवरण तथा सम्भावित मूल्यको खुलासा गरेका छन्।
बाहिरिएको विवरण अनुसार ब्लेड भी३० मा बीच भागमा पन्चहोल क्यामरा राखिएको छ। दुई साइडमा स्पीकर, भोल्युम रकर तथा पावर बटन दिइएको छ। फिंगरप्रिन्ट स्क्यानर पनि पावर बटनमै राखिएको छ।
यसको पछाडिपट्टि एउटा ठूलो क्यामरा आइल्यान्ड दिइएको छ जसमा ६४ मेगापिक्सेलको मुख्यसहित क्वाड क्यामरा सेट अप दिइएको छ।
यो डिभाइस नीलो ग्रेडियन्ट तथा कालो रंगमा उपलब्ध हुने बुझिएको छ।
६.६७ इन्चको एलसीडी प्यानल रहेको यसमा १०८०x२४०० पिक्सेलको फुल एचडी+ डिस्प्ले दिइएको छ। सेल्फीका लागि १६ मेगापिक्सेलको शूटर दिइएको छ।
यो स्मार्टफोनमा यूनिसोकको टी६१८ चिपसेटका साथै एन्ड्रोइड ११ अपरेटिङ सिस्टम दिइएको छ। पावरका लागि १८ वाट फास्ट चार्जर सहितको ५००० एमएएच क्षमताको ब्याट्री लगाइएको छ।
जेडटीई ब्लेड भी३० ४ जीबी र्याम तथा १२८ जीबी आन्तरिक स्टोरेजमा उपलब्ध हुने तथा यसको मूल्य२३६ डलरको हाराहारीमा हुने आकलन गरिएको छ।
प्रकाशित: २८ असार २०७८, सोमबार