घरबाटै अदालतमा बहस र पैरवी गर्न सकिने व्यवस्था

  • Technology Khabar | २८ असार २०७८, सोमबार

काठमाडौं ।

कानुन व्यवसायी (वकिल)हरू बहस र पैरवीका लागि अदालत धाउनुपर्ने अवस्थाको अन्त्य भएकोछ । उच्च अदालत पोखराले अदालतमा उपस्थित नभई बहस र पैरवी गर्न मिल्ने व्यवस्था गरेको छ ।

‘अब वकिलहरू अदालतमा आएर बहस गर्नुपर्ने छैन,’ उच्च अदालत पोखराका रजिस्ट्रार श्रीलाल पौडेलले भने, ‘अब घर वा अन्य जुनसुकै स्थानबाटै मुद्दाका विषयमा बहस र पैरवी गर्न मिल्ने प्रविधिको व्यवस्था गरेका छौं ।’

उच्च अदालत कास्कीले आफ्नो वार्षिक प्रगति विवरणबारे जानकारी दिन आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो ।

अदालतले यहाँ उपस्थित नभई पनि बहस गर्ने व्यवस्था गरेको बताउँदै रजिष्ट्रार पौडेलले भने, ‘हामीले पूर्वाधार तयार गरेका छौँ । त्यसका लागि तयार छौँ। उच्च अदालतले नगरौँ भनेकाले सञ्चालन ल्याउन सकेका छैनौँ ।’

अदालतलाई प्रविधिमैत्री बनाउँदै लगिएको र यसले काम कारबाहीमा सहजता ल्याउने विश्वास गरिएको उनले बताए ।

अब बहसका लागि अदालतमै उपस्थित हुनुपर्ने अवस्थाको अन्त्य भएको छ तर कानुन व्यवसायीहरू तयार नहुँदा कार्यान्वयन गर्न सकिएको छैन् । गोरखापत्र

प्रकाशित: २८ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया