
काठमाडौं ।
अमेजन डट कमले उपभोक्ताको निन्द्रामा नजर राख्नका लागि राडार सिस्टमको प्रयोग गर्ने भएको छ।
यो प्रविधि प्रयोगका लागि कम्पनीले अमेरिका सरकारसँग इजाजत पनि लिइसकेको बुझिएको छ। यो सिस्टममार्फत् कम्पनीले आफ्ना यूजरको गति तथा उनीहरुको निन्द्राका बारेमा थाहा पाउने छ।
अमेजनले गएको जुन २२ तारिखमा एयरवेब नियामक संस्था एफसीसी अर्थात् फेडरल कम्युनिकेशन कमिशनबाट राडार प्रयोगकालगि इजाजत लिएको थियो।
यो प्रविधिले तीन चरणमा काम गति समाउने कम्पनीले जनाएको छ। यसमा यूजरले सजिला इशारा तथा गतिविधिमार्फत् यो फिचरलाई नियन्त्रण गर्न सक्नेछन्।
यूजरको निन्द्राको मात्रा थाहा हुन्छ
अमेजनका अनुसार यो फिचरले गतिशीलता, भाषण तथा स्पर्श जस्ता दुर्बलतामा मानिसहरुलाई मद्दत गर्न सक्छ। साथै यसले उच्चस्तरको एक्युरेसीका साथ निन्द्राको निगरानी गर्न सक्छ।
कम्पनीले आफ्नो फाइलिङमा स्लीप ट्र्याकिङमा राडार सेन्सरको प्रयोगबाट जागरूकता तथा निन्द्राको समयावधिमा सुधार हुन सक्ने र यसका कारण मानिसहरु कैयो रोगहरुबाट बच्ने पनि दावा गरेको छ।
राडार सेन्सरले यूजरहरुलाई किन निन्द्रा लागेन भन्ने कारण पनि पत्ता लगाउन मद्दत गर्छ।
यो प्रविधिले के के डिभाइसमा काम गर्छ भन्ने चाहिँ अमेजनले खुलाएको छैन। तर यो प्रविधि मोबाइल डिभाइसका लागि नभएको भने प्रष्ट पारिसकेको छ।
गूगलले पनि राडार सिस्टमको प्रयोग गरिरहेको छ
एफसीसीले योभन्दा अगाडि गुगललाई यस्तै राडार सिस्टमको प्रयोग गर्न इजाजत दिइसकेको छ। गुगलको सुविधा भने पिक्सेल स्मार्टफोन उपलब्ध हुनेछ।
अमेजनको एउटा ह्यालो नाम गरेको रिस्ट ब्यान्ड छ जसमार्फत् थुप्रै हेल्थ ट्र्याकिङ गर्न सकिन्छ।यो डिभाइसले शरीरको चिल्लो पदार्थ तथा मानिसको आवाजको प्रकार पनि मापन गर्न सक्छ।
कम्पनीले लामो समयदेखि यो प्रविधि विकसित गरिरहेको छ जसलाई उपभोक्ताको इशाराबाट नै सञ्चालन गर्न सकिन्छ।
प्रकाशित: २७ असार २०७८, आईतवार