आईबीएमका अध्यक्ष जिम व्हाइटहर्स्टले पद छोड्ने

  • Technology Khabar | १९ असार २०७८, शनिबार
आईबीएमका अध्यक्ष जिम व्हाइटहर्स्टले पद छोड्ने

काठमाडौं ।

इन्टरनेशलन बिजनेस मशिन कर्प (आईबीएम) का अध्यक्ष जिम व्हाइटहर्स्टले पद छोड्ने जानकारी दिएको छ।

इन्टरप्राइज सफ्टवेयर र हार्डवेयर निर्माता कम्पनीले शुक्रबार अध्यक्षले दुई वर्ष अघि ३४ अर्ब डलरमा रेड ह्याटको अधिग्रहण गर्न प्रमुख भूमिका खेलेको बताएको छ।

कम्पनीले जनवरी २०२० मा अध्यक्ष पद लिएका वाइटहर्स्टले आईबीएम नै छोड्ने वा उनको ठाउँमा कसलाई राख्ने भनेर निर्दिष्ट जानकारी दिएन्।

उनी यसअघि सन् २००८ देखि रेड ह्याटको समेत अध्यक्ष तथा सिईओ रहेका थिए र पछि आईबीएमको अध्यक्ष भए ।

यदपी ह्वाइटहर्स्टले मुख्य कार्यकारी अधिकृत अरविन्द कृष्ण र बाँकी कार्यकारी नेतृत्व टोलीका लागि वरिष्ठ सल्लाहकारको रूपमा काम गर्ने जारी राख्ने आईसीएमले भनेको छ।

कृष्णले एक वर्ष पहिले नेतृत्व लिए लगत्तै कम्पनीको पुनर्गठन भइरहेको छ र यसले क्लाउड कम्प्युटिङ्ग र आर्टिफिसियल इन्टेलिजेन्समा केन्द्रित गरिरहेको छ।

प्रकाशित: १९ असार २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार