टिकटकमा अब ३ मिनेट लामो भिडियो सेयर गर्न सकिने, नयाँ विकल्प आउँदै

  • Technology Khabar | १९ असार २०७८, शनिबार
टिकटकमा अब ३ मिनेट लामो भिडियो सेयर गर्न सकिने, नयाँ विकल्प आउँदै

काठमाडौं ।

चिनियाँ भिडियो साझेदारी एप टिकटकले १५ देखि ६० सेकेन्ड लामो भिडियोहरू सेयर गर्नको लागि प्रसिद्ध छ । अब भने यसले चाँडै नै लामो भिडियोहरूको लागि विकल्प पेश गर्ने योजना बनाएको छ।

कम्पनीकाअनुसार नयाँ विकल्पले तीन मिनेट लामो भिडियोका लागि सिर्जनाकर्ताहरूलाई सहयोग गर्नेछ जसले भिडियो सेवामा नयाँ वा विस्तारित प्रकारको सामग्री बनाउन अधिक समय दिनेछ।

नयाँ अप्सन उपलब्ध भएपछि एपमा प्रयोगकर्तालाई नोटिफिकेसन आउने बताईएको छ ।

नयाँ विकल्प आउँदै गरेको हप्ताहरूमा ल्याउने कम्पनीले बताएको छ। यसले भिडियो बनाउन अझै सहज हुने कम्पनीको विश्वास रहेको छ।

प्रकाशित: १९ असार २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार