सामसङले केही मोडलहरुमा आगामी पाँच वर्षसम्म सेक्युरीटी प्याच प्रदान गर्ने

  • Technology Khabar | १८ असार २०७८, शुक्रबार
सामसङले केही मोडलहरुमा आगामी पाँच वर्षसम्म सेक्युरीटी प्याच प्रदान गर्ने

काठमाडौं ।

दक्षिण कोरियाली कम्पनी सामसङले केही निश्चित मोडलका स्मार्टफोनहरुमा पाँच वर्षसम्म सेक्युरिटी प्याच उपलब्ध गराउने घोषणा गरेको छ।

कम्पनीले हालै एउटा सूचना जारी गरेर कम्पनीका केही हाइ इन्ड मोडलहरुमा ५ वर्षसम्म सेक्युरिटी प्याच उपलब्ध गराउने प्रस्ट पारेको हो।

सामान्यतया कम्पनीले आफ्ना स्मार्टफोनहरुमा ४ वर्षसम्म यस्तो सुरक्षा अपडेट उपलब्ध गराउँछ। तर कम्पनीले बेला बेला विभिन्न सुविधाहरु दिने क्रममा यस पटक सेक्युरिटी प्याचको अवधि बढाउन लागेको बुझिएको छ।

यो सेवा पाउने स्मार्टफोन तथा ट्याब्लेटहरु यसप्रकारका छन्:

  • ग्यालेक्सी एस२०
  • ग्यालेक्सी एस२०+
  • ग्यालेक्सी एस२० अल्ट्रा
  • नोट २०
  • नोट २० अल्ट्रा
  • एक्सकभर५
  • ग्यालेक्सी ट्याब एक्टिभ३

प्रकाशित: १८ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार