सिद्धार्थ बैंकको इजी बैंक अनलाइन प्लेटफर्म सार्वजनिक, डिजिटल सुविधाहरु एकै ठाउँमा

  • Technology Khabar | १८ असार २०७८, शुक्रबार
सिद्धार्थ बैंकको इजी बैंक अनलाइन प्लेटफर्म सार्वजनिक, डिजिटल सुविधाहरु एकै ठाउँमा

काठमाडौं ।

सिद्धार्थ बैंक लिमिटेडले इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको डिजिटल नेपाल अभियान कार्यक्रम अन्तर्गत रहि इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको हो।

इजी बैंक प्लेटफर्म बैंकको आधिकारिक वेबसाइटमा गएर सोझै लिङ्क गरी ग्राहकहरुले प्रयोग गर्न सक्नेछन् । यस प्लेटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलन गरिएको छ जसले गर्दा ग्राहकहरुले प्रयोग गर्न चाहने भएका डिजिटल सुविधाहरु सहजताका साथ छनौट गर्न सकिन्छ।

हाल इजी बैंक प्रयोग गरी ग्राहकहरुले अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन तथा आफ्नो सीआरएन नम्बर हेर्न सकिन्छ।

इजी बैंक सेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न सकिने हुनाले अहिलेको कोभिड-१९ को महामारीको अवस्थामा ग्राहकहरू सुरक्षाको दृष्टिकोणले अझ बढि लाभदायी रहने विश्वास बैंकको छ।

प्रकाशित: १८ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार