जेफ बेजोसभन्दा अगाडी नै भर्जिन ग्यालाक्टिकबाट जुलाई ११ मा रिचर्ड ब्रान्सन अन्तरिक्षमा जाने

  • Technology Khabar | १८ असार २०७८, शुक्रबार
जेफ बेजोसभन्दा अगाडी नै भर्जिन ग्यालाक्टिकबाट जुलाई ११ मा रिचर्ड ब्रान्सन अन्तरिक्षमा जाने

काठमाडौं ।

अर्बपति व्यवसायी तथा उद्यमी रिचर्ड ब्रान्सनले यहि जुलाई ११ तारिखमा अन्तरिक्षमा उड्ने भएका छन् । उनले सो दिन भर्जिन ग्यालाक्टिक होल्डिङ्गस इंकको स्पेस उडानमार्फत अन्तरिक्षमा जाने कम्पनीले घोषणा गरेको छ ।

उनी भिएसएस युनिटी रकेट प्लेनको पछाडि यात्री सिटमा हुनेछन्। उनको भर्जिन ग्यालेक्टिक कम्पनीले दुई दशकदेखिको अवधिमा अमेरिकामा विकास गरिरहेको छ।

सो स्पेस भेहिकल ९० किलोमिटरको उचाईमा पुग्नेछ र जहाजमा रहेका ती व्यक्तिहरुलाई केहि मिनेटको न्यून भारको अनुभवका साथै पृथ्वीको वक्रताको दृश्य देखाउनेछ ।

यसको अर्थ ब्रान्सनले पृथ्वीको वातावरणभन्दा टाढा यात्रा गराउने प्रतिद्वंद्वी अन्तरिक्ष पर्यटन उद्यम ब्लू ओरिजिनका संस्थापक जेफ बेजोस भन्दा अगाडि नै यात्रा गर्नेछन् ।

बेजोसले उनको भाईका साथमा जुलाई २० मा अन्तरिक्षको यात्रा गर्ने घोषणा गरिसकेका छन् ।

भर्जिन ग्यालाक्टिकका मालिक रिचर्डको उद्देश्य एक व्यावसायिक स्पेसलाइट सेवा शुरू गर्ने हो। यसको लागि ६०० व्यक्तिले अन्तरिक्षमा जानको लागि रकमसहित नाम दर्ता गरिसकेका छन्।

“भर्जिन ग्यालेक्टिक एक नयाँ वाणिज्यिक अन्तरिक्ष उद्योगको आधारमा खडा छ, जसले मानवजातिको लागि ठाउँ खोल्नेछ र राम्रो संसारको लागि परिवर्तन गर्नेछ,” ब्रान्सनले भर्जिनको घोषणासँगै एक विज्ञप्तिमा भने।

यो कम्पनीको बाइसौं उडान हुनेछ भने मावनसहितको चौथो उडान हुनेछ तर दुई पाइलट र पूर्ण यात्रुसहितको पहिलो उडान हुनेछ ।

प्रकाशित: १८ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...