
काठमाडौं ।
चिनियाँ राइड हेलिंग जायन्ट डीडी ग्लोबलले न्यूयोर्क स्टक एक्सचेन्जमा ६८.४९ अर्ब डलरको मूल्यांकन सहित सूचिकृत भएको छ।
चिनियाँ कम्पनीले यति धेरै मूल्यमा सन् २०१४ पछि अमेरिकी बजारमा सूचिकृत भएको पहिलो पटक भएको बताईएको छ ।
अझ कम्पनीका सेयरहरू अघिल्लो मजबूत लाभबाट चिप्लिएपछि मूल्य प्रति सेयर १४ डलरमा बन्द भएको थियो ।
२०१४ मा अलीबाबाको डेब्यूपछि यो एक चिनियाँ कम्पनीले गरेको अमेरिकामा सबभन्दा ठूलो लिस्टिङ्ग हो।
चीनको उबर भनेर चिनिने कम्पनीले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) मा ४.४ अर्ब डलर उठाएको थियो।
यो चिनियाँ कम्पनीहरूको पछिल्लो श्रृंखला अमेरिकी स्टक बजारमा पैसा कमाउनको लागि भएको बताईएको छ । यसले कम्पनीहरुले अन्तराष्ट्रिय स्तरमा बढ्न समेत सहयोग हुने बताईएको छ ।
सन् २०१२ मा चेङ्ग वेई र डीडी डाछेले एपको रुपमा स्थापना गरेको डीडीलाई अलिबाबा सफ्टब्यांक टेन्सेन्ट उबर लगायतका टेक कम्पनीहरुले लगानी र सहयोग गरेका छन् । उबरको यसमा करिब १२ प्रतिशत शेयर रहेको छ किनकी सन् २०१६ मा डीडीले उबरको चीनको बजार किनेको थियो ।
यो कम्पनीमाथि पनि चीनमा बजार प्रतिस्पर्धा विरोधी कार्य गरेकोमा छानबिन हुँदैछ। एजेन्सीहरु
प्रकाशित: १८ असार २०७८, शुक्रबार