वर्ल्ड रेमिटबाट पठाएको रेमिट्यान्स खल्ती वालेटबाट बुझ्दा २०० रुपैंया बोनस

  • Technology Khabar | १७ असार २०७८, बिहीबार
वर्ल्ड रेमिटबाट पठाएको रेमिट्यान्स खल्ती वालेटबाट बुझ्दा २०० रुपैंया बोनस

काठमाडौं ।

अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले वर्ल्ड रेमिटबाट पैसा पठाउदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ ।

उक्त सुविधा अन्तर्गत पठाईएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले थप २ सय रुपैंया बोनस तुरुन्तै पाउने बताईएको छ ।

वर्ल्ड रेमिटसँगको यस सहकार्यले चौबिसै घण्टा ७० भन्दा बढी राष्ट्रहरुबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै प्राप्त गर्न सम्भव बनाएको छ । प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाइ आफ्नो व्यक्तिगत विबरण भेरिफाई गराएको हुनुपर्नेछ ।

खल्तीमा पैसा पठाए पश्चात उक्त रकम र बोनस रकम स्वतः खल्तीमा लोड हुने जारी विज्ञप्तिमा उल्लेख छ।

खल्ती डिजिटल वालेटको रेमिट्यान्स विभाग प्रमुख, सौरभ राज पाण्डेका अनुसार वर्ल्ड रेमिटसँगको सहकार्यले संसारको जुनसुकै ठाउँबाट निर्वाद रुपमा सरल र झन्झटरहित तवरले पैसा पठाउन, पाउन, र व्यवसायलाई झन्झटरहित तवरले अनलाइन भुक्तानी गर्न थप मद्दत मिल्नेछ ।

वर्ल्ड रेमिटका दक्षिण एशियाका लागि कन्ट्री डाईरेक्टर रुजान अहमदले खल्ती सँगको सम्झौताले अब ग्राहकहरुलाई सहजै आफ्नो परिवार तथा आफन्तलाई पैसा पठाउन सजिलो बनाएको बताउँदै खल्तीसँगको सहकार्यले आफुहरु उत्साहित रहेको बताए ।

वर्ल्ड रेमिटबाट खल्तीमा पैसा पठाउनको लागि वर्ल्ड रेमिटको एपमा सेन्ट मनी क्लिक गरी गन्तव्यमा नेपाल रोजेर रकम उल्लेख गरी मोबाइल मनी ट्रान्सफर भित्र खल्ती वालेट छनौट गर्नु पर्ने बताइएको छ।

प्रकाशित: १७ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार