
काठमाडौं ।
मोबाइल वर्ल्ड कंग्रेस बार्सिलोना २०२१ को क्रममा ह्वावे कार्यकारी निर्देशक र क्यारियर बीजीका अध्यक्ष रायन डिंगले इनोभेशन: लाईटिंग अप द फ्युचर (Innovation: Lighting up the future) मा एक किनोट स्पिच प्रस्तुत गरेका छन् ।
डिंगले आफ्नो प्रस्तुतिमा आईसीटीमा इनोभेशन विश्वव्यापी अर्थतन्त्रको प्रमुख चालक बन्न पुगेको छ र यसको भ्यालु टेलिकम उद्योग भन्दा धेरै बढिरहेको बताए।
फाइभजीमा चलिरहेको इनोभेशनले विशेष गरी अपरेटरहरू, आईसीटी उधोग र विश्वव्यापी अर्थतन्त्रलाई बढी भ्यालु दिनेछ र हरेक उद्योगको भविष्य उज्यालो पार्नेछ ।
टेलिकम भन्दा बढीः आईसीटी उधोगमा इनोभेशन एक प्रमुख आर्थिक चालक बनिरहेको छ
डिंगले भने, ‘महामारीले एक न्यू नर्मल सिर्जना गरेको छ जहाँ डिजिटल अर्थव्यवस्था विश्वव्यापी अर्थव्यवस्थाको लागि प्रेरणा हो । डिजिटल अर्थव्यवस्थाको आधारशिलाका रूपमा आईसीटी इन्फ्रास्ट्रक्चरले महत्वपूर्ण भूमिका खेल्दै छ । डिंगले उल्लेख गर्नुभयो कि आईसीटीको भ्यालु अब टेलिकम उधोग भन्दा अधिक छ र वैश्विक अर्थतन्त्रमा परिवर्तनकारी असरहरू छन् ।’
ती देशहरू जहाँ फाइभजी द्रुत गतिमा विकास हुँदैछ, अपरेटरहरूले छिटो राजस्व बृद्धी देखेका छन् र यी देशहरूमा समग्रमा अझ राम्रो डिजिटल संरचना पनि छ । चीनलाई उदाहरणको रूपमा लिदा १८ महिना भन्दा कममा ८२०,००० भन्दा बढी फाइभजी बेस स्टेशनहरू परिचालन गरिएको छ र चिनियाँ अपरेटरहरूले यस वर्षको पहिलो त्रैमासिक अवधिको राजस्वमा ६.५% प्रतिशत र नेट प्रोफिटमा ५.६% प्रतिशतले वृद्धि हासिल गरेको छ।
फाइभजी द्वारा संचालित डिजिटल पूर्वाधारको द्रुत विकासले आगामी पाँच बर्षमा चिनियाँ अर्थव्यवस्थामा १०९ खर्ब यूरो थप गर्नेछ । यस्तै प्रवृत्ति दक्षिण कोरिया र युरोपमा पनि देख्न पाइन्छ ।
कनेक्टिभिटी भन्दा बढिः फाइभजी इनोभेशनले अपरेटरहरूको ब्यबसायिक सफलतालाई सक्षम बनाउँदैछ
आईसीटी इन्फ्रास्ट्रक्चर फाइभजी युगमा डिजिटल अर्थव्यवस्थाको आधारशिला हो, अपरेटरहरूले पहिले भन्दा बढी महत्वपूर्ण भूमिका खेल्दैछन् ।
डिंगले भन्नुभयो, “हाल फाइभजी मा अपरेटर्सको प्रमुख लक्ष्य भनेको नेटवर्क डिप्लोइमेन्ट, बजार विकास र अपरेशन अप्टिमाइजेसनको माध्यमबाट तीन प्रमुख बजार – उपभोक्ता, घर र उद्योगमा ब्यबसायिक सफलता हासिल गर्नु हो । “
“उपभोक्ता बजारमा फाइभजी को अर्थ केवल द्रुत गति मात्र होइन; यसले नयाँ अनुभव र नयाँ भ्यालु पनि ल्याउँदछ । केही अपरेटरहरूले पहिले नै प्रारम्भिक व्यापार सफलता हासिल गरिसकेका छन् ।“
डिंगका अनुसार फाइभजी टू सी (5GtoC) बजारमा सफल हुन एक अपरेटरले लिन सक्ने तीन चरणहरू छन् । पहिलो भनेको लक्षित नेटवर्क योजना र हाई–भ्यालु क्षेत्र, मुख्य सिनारियो र सम्भावित प्रयोगकर्ताहरूमा लगानीको साथ फाइभजी डिप्लोइमेन्ट छरितो गर्नु हो । दोस्रो भनेको प्रयोगकर्ता माइग्रेसनको गति बढाउनु हो र तेस्रो चरण भनेको भ्यालु संचालित फराकिलो मूल्य निर्धारण मोडेलहरू सिर्जना गर्नु हो।
आज फाइभजी १,००० भन्दा बढी परियोजनाहरूमा, स्टिल र माइनिंग पनि समावेश २० भन्दा बढी उधोगहरूमा अधिक सुरक्षित र अधिक सक्षम उत्पादनका साथ लागू गरिएको छ । चिनियाँ अपरेटरहरूले ठूलो प्रगति गरेका छन् र प्रारम्भिक सफलताहरू लिने चरणमा प्रवेश गर्दै छन् र ठूलो स्केलमा बढाउँदै पनि छन् ।
“हामीले चिनियाँ अपरेटरहरूको अनुभवबाट सिकेका छौं कि 5GtoB को सफलता तीन कारकहरूमा निर्भर गर्दछ, “ डिंगले भने, “सर्वप्रथम, सहि उधोगहरूको छनौट । अपरेटरहरूले चार कारकहरुलाई ध्यानमा राखी टारगेट छनौट गर्नुपर्छः माग, अफोर्डबिलिटी, रेप्लिकाबिलिटी र प्राविधिक सम्भाव्यता । दोस्रो, तपाईंको क्षेत्रको दायरा परिभाषित गर्ने । अपरेटरहरू नेटवर्क सेवा प्रदायकको रूपमा काम गर्न सक्दछन् जसले कनेक्टिभिटि सेवा प्रदान गर्दछ । क्लाउड सेवा प्रदायक वा प्रणाली इन्टिग्रेटर्सहरूको रूपमा पनि सेवा प्रदान गर्न सक्दछन् जसले एण्ड–टु– एण्ड इन्टिग्रेसन सेवाहरू प्रदान गर्दछन् । विभिन्न भूमिकाहरूलाई फरक स्किलसेटहरू आवाश्यक हुन्छ र विभिन्न व्यापार भ्यालु उत्पादन गर्दछन् । तेस्रो, इनोभेटिभ व्यवसाय मोडेलहरू डिजाईन गर्नु । यो 5GtoB को ठुलो रुपमा सफलता पहल्याउन महत्वपूर्ण हुन्छ । “
महामारीको बखत होम ब्रोडब्यान्डको लागि बढ्दो माग छ र यसले 5GtoB का फाइदाहरूमा प्रकाश पार्दछ जसले द्रुत डिप्लोइमेन्ट र कन्ट्याक्ट्लेस O&M सक्षम गर्दछ । मध्य पूर्वका अपरेटरहरूले FWA लाई फाइभजीको प्रमुख प्रयोगका रूपमा लिई उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेका छन् ।
व्यवसाय भन्दा बढीः ह्वावे उद्योग–व्यापक स्थिरता ड्राइव गर्न इनोभेशन गर्दछ
“फाइभजी सफलतालाई पहिले फाइभजी नेटवर्क चाहिन्छ जसले सब भन्दा उत्तम उपयोगकर्ता अनुभव प्रदान गर्दछ र यसले कसरी हामी ह्वावेमा नवीनता ल्याउछौ भनेर मार्गदर्शन गर्दछ, “ डिंगले भने । ह्वावेले उधोगको सबैभन्दा हल्का र कम ऊर्जा खपत गर्ने शक्तिशाली Massive MIMO शुरू गरेको छ । यो केवल एक व्यक्तिद्वारा बोक्न र स्थापना गर्न सकिन्छ जसले नेटवर्क डिप्लोयमेन्ट गति बढाउँदछ ।
ह्वावेको अप्टिकल क्रस–कनेक्ट (OXC) को साथ एक सब- र्याकले सामान्यतया चाहिने नौ क्याबिनेटहरूको ठाउँ लिन सक्छ । योसँग चार गुणा ठूलो क्षमता छ तर ९५% कम पावर प्रयोग गर्दछ । ह्वावेको 5G सुपर अपलिंक सोलुसनले अपलिंक क्षमता र इनडोर कभरेज बढाउन २.१ गीगाहर्ज र ३.५ गीगाहर्जको फाइदा संयोजन गर्दछ । यो सोलुसनले ४५० मेगाबिट प्रतिसेकेण्ड 450 Mbit/s भन्दा बेसीको अपलिंक दर प्रदान गर्दछ, सयौं प्रयोगकर्ताहरूलाई तिनीहरूका फाइभजी स्मार्टफोनहरू प्रयोग गरेर अप्रिलमा जियामेन म्याराथन फोरके लाइभ स्ट्रिम गर्न सक्षम पार्दछ ।
ग्रीन विकास मोडेल र कार्बन न्युट्रालिटिलाई समर्थन गर्न डिंगका अनुसार ह्वावेले तीन तहमा इनोभेशन राख्दछः उपकरण, साइट र नेटवर्क । उपकरण स्तरमा ह्वावेले हार्डवेयर प्लेटफार्महरूलाई बढी ऊर्जाशील बनाउन हाई पावर दक्षता भएको कम्पोनेन्टहरू प्रयोग गर्दछ । साइट लेभलमा ह्वावेको सरलीकृत साइट सोलुसनले अपरेटरहरूलाई कम ऊर्जा खपत साथै बिजुली र भाँडामा बचत गर्न मद्दत गर्दछ । नेटवर्क लेभलमा ह्वावेले एक बहु–बैन्ड र मल्टि– RAT पावर बचत सोलुसन शुरू गरेको छ । यो सोलुसनले नेटवर्क पर्फमेन्समा सम्झौता नगरी वायरलेस नेटवर्कमा उर्जा खपत गर्न सक्छ । ह्वावेका इनोभेटिभ सोलुसनको साथ कम र उच्च ब्यान्डमा काम गर्ने फाइभजी उपकरणहरूले क्याबिनेट सेयर गर्न सक्दछ र यसको परिणाम स्वरूप कम ऊर्जा प्रयोग हुन्छ । जब मल्टि–ब्यान्ड उपकरण पावर बचतको कुरा आउँछ, ह्वावेको लक्ष्य एक प्लस एकलाई एक भन्दा कम बनाउनु हो ।
एक ईकोसिस्टम सिर्जना गर्न सहयोग र राम्रो भविष्यको लागि 5G विकास गर्दै
आफ्ना भनाईका निष्कर्षमा डिंगले फाइभजी विकासका लागि इनोभेशन चाहिन्छ भनेर जोड दिनुभयो । 5GtoB मा, उदाहरणका लागि, फाइभजी मानकहरू द्रुत दरमा उधोग मापदण्डसँग समन्वय गर्न आवश्यक छ र फाइभजीलाई उद्यमको कोर उत्पादन प्रक्रियामा समाहित गर्नुपर्दछ जसले तिनीहरूलाई डिजिटल र इन्टेलिजेन्ट बनाउन सहयोग गर्दछ । त्यही समयमा फाइभजी, क्लाउड र कम्प्युटिंग बीचको तालमेलले अपरेटरहरूको व्यवसायलाई विस्तार गर्दछ, नयाँ ग्रोथका लागि ठाउँ सिर्जना गर्दछ ।
फाइभजी इनोभेशन एक चलिरहेको प्रक्रिया हो । ह्वावे इनोभेशनले भविष्यलाई उज्यालो बनाउँछ भन्ने कुरामा विश्वास गर्ने उल्लेख गरेको छ ।
प्रकाशित: १७ असार २०७८, बिहीबार