भन्सार छलि गरेर ल्याएका कम्प्यूटर सामाग्रीहरु बरामद

  • Technology Khabar | १७ असार २०७८, बिहीबार
भन्सार छलि गरेर ल्याएका कम्प्यूटर सामाग्रीहरु बरामद

काठमाडौं ।

बीरगंज भन्सारबाट छलि गरेर ल्याएका कम्प्यूटर सामाग्रीहरु प्रहरीले बरामद गरेको छ।

बीरगंज महानगरपालिका १६ नगवास्थित सडकबाट भन्सार छलि ल्याउँदै गरेको करिब १७ लाख रुपैयाँ बराबरको ४९ ओटा सिपियू र ७८ थान हार्ड डिक्स सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट डियुटीमा खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरुले भन्सार छलि ल्याउँदै गरेको उक्त पार्टसहरु छोडी फरार भएपश्चात प्रहरीले बरामद गरेको हो।

बरामद गरिएका सामानहरु आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित: १७ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार