चिप अभावले अब क्रेडिट कार्ड तथा डेबिट कार्डको आपूर्तिमा असर पर्ने चेतावनी

Technology Khabar १३ असार २०७८, आईतवार

काठमाडौं ।

ग्लोबल चिप अभावले अब अनलाइन भुक्तानी प्रणालीलाई समस्यामा पार्ने खतरामा छ। दैनिक जीवन र व्यावसायिक कार्यका लागि भुक्तान कार्डको महत्त्वलाई रेखांकित गर्दै स्मार्ट भुक्तानी संघले मुद्दालाई सम्बोधन नगरे महत्वपूर्ण अवरोधहरूको बारेमा चेतावनी दिएको छ।

यसले प्रत्येक बर्ष ३ अर्ब भन्दा बढी इएमभी(EMV)मा आधारित भुक्तान कार्ड तयार पार्दछ जसले विश्वका बैंकमा खाता खोल्ने मानिस वा म्याद समाप्त भएपछि नवीकरण गर्ने मानिसहरुका लागि प्रयोग हुन्छ।

तर कार्ड निर्माताहरूले आपूर्ति श्रृंखलामा अवरोधका कारण चिपहरू प्राप्त गर्न बढ्दो कठिनाइहरूको सामना गरिरहेका छन्।

भुक्तान कार्ड र मोबाइल भुक्तानी उद्योगको ट्रेड निकायले प्रमुख अवरोधबाट बच्न आपूर्ति सुधार गर्न सरकारी निकायहरु र सरोकारवालाहरुलाई आह्वान गरेको छ।

”करिब ९० प्रतिशत गैर नगदी उपभोक्ता भुक्तानी भौतिक स्टोरहरूमा कार्ड प्रयोग गरेर गरिन्छ र ती नगद पहुँचको लागि पनि महत्वपूर्ण हुन्छन्,’ यसले भन्यो, ‘अनलाइन भुक्तानीको ४०-६० प्रतिशत भुक्तान कार्डले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा समर्थन गर्दछ। यसैले, भुक्तान कार्डहरूको लागि एक निर्बाध आपूर्ति श्रृंखला सुरक्षित वाणिज्य र दैनिक जीवनको लागि आवश्यक छ।”

कोरोना महामारीले चिपमेकरहरूलाई गत बर्ष सञ्चालनहरू बन्द गर्न बाध्य पार्‍यो। तिनीहरूले फेरि चिप बनाउन शुरुगरेपनि सो समयसम्म, तिनीहरूलाई पुरा गर्ने कार्यमा एक हदसम्म पछाडी थियो। यसका साथै विश्व बजारमा इलेक्ट्रोनिक्सको अचानक बढ्दो मागले विश्वव्यापी रूपमा अभाव सिर्जना गरेको छ । हालका महिनाहरूमा सेमीकन्डक्टर उद्योगको समस्याले पीसी, मोबाइल र ट्याब्लेट, गेमिङ्ग कन्सोल र विशेष गरी अटोमोबाइल जस्ता उत्पादनहरु अभावले ग्रस्त छ।

उपकरण उत्पादकहरूले आफ्नो उत्पादन लाइनहरू ढिला गर्नु पर्‍यो किनभने त्यहाँ चिप्सको पर्याप्त आपूर्ति थिएन। र यस्तो देखिन्छ कि अभाव अब अन्य क्षेत्रहरूमा पनि विस्तार भइरहेको छ।

महामारीको क्रममा भुक्तान कार्ड उद्योगले देखाएको लचिलोपनलाई  सो प्रमुख निकायले औंल्याएको छ।

‘अब, ग्लोबल चिप अभावसँगै अर्को खतरा देखा परेको छ,’ व्यापारिक निकायले भन्यो।

एसोसिएसनले चिप आपूर्तिमा अवरोधहरू महत्वपूर्ण भएको र कार्ड निर्माताहरूले चिप्स लिन बढ्दो कठिनाइहरूको सामना गरिरहेका बताएको छ । चिप्सको अभाव २०२२ सम्म जारी रहने सम्भावना छ। कार्डको माग पूरा गर्न र निर्माताको क्षमतालाई असर गर्ने काममा महत्वपूर्ण अवरोध आउन सक्ने यसले चेतावनी दिएको छ । एजेन्सीहरु

प्रकाशित: १३ असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया